दमकमा ४५ जेष्ठ नागरीक सम्मानीत (भिडियो सहित)

दमक/
झापाको दमकमा ४५ जना जेष्ठ नागरीकलाई सम्मान गरिएको छ । यहाँ रहेको वडा नं ६ को कार्यालयले ८० वर्ष भन्दा माथीका आफ्नो वडामा रहेका जेष्ठहरुलाई सम्मान गरेको हो ।

वडा कार्यालयमै औपचारीक कार्यक्रमको आयोजना गरी दोसल्ला उडाइ, तातो पानी राख्ने थर्मसका साथै फलफूल लगायत पौष्टिक सामाग्री दिएर सम्मान गरेको हो ।

सम्मानीत भएपछि जेष्ठ नागरीकहरुमा खुसी छाएको थियो । ‘वडामा रहेका जनप्रतिनिधीहरुले सम्झेर सम्मान गरेकोमा खुसी छौ । सबैको प्रगती होस’ भन्दै आर्शीवाद समेत दिनु भएको थियो ।

जेष्ठ नागरीकको सम्मान गर्नकालागि वडाले यस प्रकारको कार्यक्रम निरन्तर गरीरहेको वडाध्यक्ष टेक बहादुर थापाले बताउनु भयो । अहिले ८० वर्ष माथीका जेष्ठ नागकरीकलाई सम्मान गरीएको र अर्को वर्ष देखी ७० वर्ष देखी माथीका समेत जेष्ठ नागरीकलाई समेट्ने उहाँले बताउनु भयो ।

यस्तै कार्यक्रममा दमक नगरपालिकाकी कार्यवाहाक नगर प्रमुख रेगिना भट्टराई प्रसाईले जेष्ठ नागरीकको अनुभवलाई नगरले सम्पत्तीको रुपमा प्रयोग गर्ने उहाँहरुको हरेक स्वास्थ्य परिक्षणको जिम्मा नगरपालिकाको तर्फबाट कार्यक्रमनै सञ्चालन भइरहेको पनि उहाँले बताउनु भयो ।

यो खाले कार्यक्रमलाई हरेक वर्ष निरन्तर सञ्चालन गरीरहने वडा कार्यालयले जनाएको छ । जेष्ठ नागरीकको अनुभव र उहाँहरुको सुझावालाई वडाको विकास र समृद्धिमा प्रयोग गर्ने वडाले योजना बनाएको छ ।

भिडियो हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp