‘किङ अफ कमेडी’ मनोजले भने ‘ आज, चमक धमक हुनेछ दमक’

दमक/
दमकको कृष्णमन्दीर चोकमा भक्का खाएको तस्बिर केमेडीयन मनोज गजुरेलले फेसबुक मार्फत सार्वजनिक गरेका छन् । स्थाई घर झापामै भएका गजुरेल पूर्व आउँदा भक्का खाइनै रहन्छन् । उनले दमक आएका बेला कहिला दमक चोकको अथवा कहि न कहिको भक्का खादै गरेको फोटो सार्वजनिक गर्छन ।

खासगरी झापाका आदिवासीहरुको यो परिकार रहेको र यसले झापाको पहिचान बढाइरहेकोले भक्काको प्रचारमा उनले धेरथोर सहयोग गरिरहेका छन् ।

 

भक्का खादै गरेको फोटो हाल्नु भन्दा अघी उनले अर्को पोष्ट हालेका छन् जहाँ लेखीएको छ ‘ आज, चमक धमक हुनेछ दमक समय ः घाम अस्ताएपछि ’ यो स्टाटससँगै उनले दमक महोत्सवको ब्यानर पनि राखेका छन् ।

उनले दमकमा कस्तो चमक ल्याउलान आज साँझ उनले दमक महोत्सवमा दिने प्रस्तुतीबाट थाह हुने छ । उनले भनेको दमकको चमक र धमक हेर्नभने दमक महोत्सवमा आउनु पर्ने हुन्छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp