दमक/
हिमालय माद्यमिक विद्यालयको हिमालय आईडल सेसन २ सम्पन्न भएको छ ।
अघिल्लो वर्षदेखी आफ्ना विद्यार्थीहरुको प्रतिभालाई अझ तिखार्दै यस विद्यालयले हिमालय आईडल गर्दै आएको छ ।
विद्यालयभित्रैका विद्यार्थीहरुबिच आन्तरिक प्रतिस्पर्धा गराएर उत्कृष्ट प्रतिभा छनौट गर्दै आएको विद्यालयका प्रधानाध्यापक द्रोण श्रेष्ठले जानकारी दिनु भयो ।
शुक्रबार सम्पन्न भएको हिमालय आईडल २०८०को गायन तर्फ कक्षा ९मा अध्ययनरत नेहा खड्का. बिजेता बन्नु भयो । भने नृत्यको सिनियर तर्फ कक्षा ९ की मञ्जिला ढुङ्गाना, र जुनियर तर्फ कक्षा ४की मेग्ना राई बिजेता बन्नु भएको थियो ।
गायन तर्फ फस्ट रनरअप कक्षा १० की सुवेक्षा पौडेलबन्नु भयो यसैथरी नृत्यको सिनिर तर्फमा कक्षा ७ मा अध्ययनरत रेविका बस्नेत फस्र्ट रनरअप र कक्षा ७ मै अध्ययनरत बिनिता बुढाथोकी सेकेण्ड रनर अप बन्नु भयो ।
बिजेता भएका विद्यार्थीलाई आगामी शैक्षिक शत्रमा पूर्ण छात्राबृत्तिका साथै १ हजार पाँच सय नगद प्रद्यान गरिएको थियो । यसै गरि फस्र्ट रनरअपलाई ७५ प्रतिशत छात्राबृद्धि र नगद १ हजार, साथै सेकेण्ड रनअपलाई ५० प्रतिशत छात्राबृद्धि सहित नगद ७ सय रुपैँया प्रदान गरिएको थियो ।
प्रतियोगितामा १२ वटा नृत्य र ५ वटा गायनहरु फाईनल प्रतिस्पर्धामा पुगेका थीए ।
दमक नगरपालिकाकी उप प्रमुख रेगीना भट्टराईले उद्धघाटन गर्नु भएको कार्यक्रम विद्यालयका शिक्षक बिर बहादुर कट्वालले सञ्चालन गर्नु भएको थियो ।