नागरिक उनमुक्ति पार्टीले भन्यो कोशी प्रदेशको नाम “कोकीली” राखौ”

दमक/

नागरिक उनमुक्ति पार्टीले कोशी प्रदेशको नाम कोकीली राख्न छलफल चलाउने निर्णय गरेको छ ।

 

आज इलामको चुलाचुलीस्थित आइतबारेमा बसेको पार्टिको प्रथम केन्द्रिय सचिवालयको बैठकले प्रदेशको नामाकारणको बिकल्पमा छलफल गर्ने निर्णय गरेको जनाएको छ ।

पार्टिका महासचिव ठाकुरसिंह थारुद्वारा जारी बिज्ञप्तीमा भनिएको छ ” कोशी नाम खारेजीको माग गर्दै, पहिचानको आधारमा नाम झल्काउनेगरी कोचिला, किरात, लिम्बुवान प्रदेश (कोकिली) नामाकरणका लागि पहल गर्ने । प्रदेश १ को नामाकरण “कोकिली” बारे पहिचानवादी संघसंस्था र सबै राजनीतिक दलहरुसँग निरन्तर छलफल गर्ने चलाउने निर्णय गरिएको छ ।”

 

Share:

Facebook
Twitter
Email
WhatsApp