रिटर्नी झापाको बनभोज सहित बिस्तारित बैठक सम्पन्न ,केके भयो?

दमक/
रिटर्नी फेडेरसन नेपाल झापा जिल्ला कमिटिले आज बिस्तारित बैठक सम्पन्न गरेको छ ।

बैठकमा फेडेरेसनका केन्द्रीय कमिटिका उपमहासचिव भरत शिवाकोटी प्रमुख अतिथी रहनु भएको थियो ।

उहाले अन्य संघठन भन्दा फरक पहिचान बनाउदै प्रभावकारी कार्यक्रम ल्याएर संघठनलाई चलायमान बनाउन निर्देशन दिनु भयो ।

फेडेरेसनको राष्ट्रिय कमिटि गठन पछि पहिलो जिल्ला कमिटी झापामा गठन भएको गौरवशाली इतिहासलाई संगठनीक गतिबिधिमा समेत इतिहास कायम गर्न उहाले बताउनु भएको थियो

नेकपा एमालेको जनबर्गिय संगठन फेडेरसने पार्टिको गरिमा र सिद्धान्तलाई ख्याल गर्दै भुई मान्छेसग समन्वय गरेर आफ्ना गतिविधि चलाउन पार्टिका जिल्ला उप सचिव असारु राजवंशीले निर्देशन दिनु भएको थियो ।

बैठकले केन्द्रिय, प्रदेश कमिटीका सरकुलर, पार्टी प्रदेश कमिटीको निर्देशन लाइ ग्रहण गर्दै आगामी कार्ययोजनाका लागि तालिका समेत निर्माण गरी काम गर्ने अध्यक्ष खड्ग भण्डारीले जानकारी दिनुभयो ।

साथै बैठकले जिल्ला कार्यसमितिमा दमकका भुमिराज पराजुली र गौरादहमा इन्द्र कुमार सिवाकोटीलाई मनोनीत समेत गरेको थियो ।
साथै पराजुलीलाई जिल्लाको प्रबक्ता समेतको जिम्मेवारी दिने निर्णय गरेको जनाईएको छ ।

बैठकमा नेकपा एमाले जिल्ला कमिटीका सचिव शिव ढुङ्गेल,फेडेरेसनका स्थायी कमिटी सदस्य एवं कोशी सह – इन्चार्ज मदनकुमार बोहोरा,नेकपा एमाले जिल्ला कमिटी सदस्य एवं फेडेरेसन इन्चार्ज नारायण काफ्ले,केन्द्रिय सदस्यहरु,प्रदेश कमिटीका कार्यवाहक अध्यक्ष कमरेड धर्मेन्द्र खडका सहित कोशी प्रदेश कमिटीका पदाधिकारी तथा सदस्यहरुको उपस्थिती रहेको थियो ।

सबैको उपस्थितीमा बृहत बनभोज समेत गरिएको थियो ।

Share: