जीउमा आगो लागी घाईते भएका पीडीतलाई आर्थीक सहयोग

दमक/
आगो ताप्ने क्रममा आफ्नै जीउमा आगो सल्केर घाईते भएका झापा दमकका बिशाल शाहलाई आर्थीक सहयोग गरिएको छ ।

 

दमकमा रहेका अटो मोवाईल्स व्यवसायीहरु मार्फत संकलन गरिएको आर्थीक सहयोग शाहको परिवारलाई हस्तान्तरण गरिएको अटो मोवाइल्स व्यवसायी सघं दमक नगर कमिटीका अध्यक्ष बुद्धिसागर बरालले जानकारी दिनु भयो ।

 

गत माघ २५ गते आगो बाल्ने क्रममा पेट्रोल हाल्दा त्यहाँबाट निस्केको आगोको मुस्लो शाहको शरिरमा परेको थियो । त्यसपछि घाईते भएका शाहको भारतको सिलगुडीमा उपचार भइरहेको छ ।

 

अशोक ग्यारेजमा कार्यरत शाहको उपचारमा समस्या आएको थाह पाएपछि व्यवसायीहरुले संकलन गरेर ६२ हजार २ सय २० रुपैँया शाहका बुबा अशोक शाहलाई मंगलबार प्रदान गरिएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp