संघीयता कार्यान्वायनमा सञ्चार माद्यमको भूमिका कस्तो हुन सक्ला ?(भिडियो रिपोर्ट)

दमक/
संघीय लोकतान्त्रीक गणतन्त्र नेपाल । नेपालको संविधान २०७२ ले पनि यसलाई पूर्ण रुपमा कार्यान्वायनमा लैजान भनेर निर्दिष्ट गरेकै छ । तर पछिल्लो समय संघीयता र लोकतन्त्रमाथीनै धावा बोल्नेहरु सडकमा देखिन थालेका छन् ।

केहिले त सदनमै पनि यो विषयले प्रवेश पाउने गरेको छ । त्यसैले संघीयताको बारेमा अझैपनि आम नागरीकमा केहि भ्रमहरु छन् की, अथवा यसकाबारेमा अफवा पो बढिरहेको छ की अनी संघीयताको कार्यान्वायन गराउन सञ्चार माद्यमकको भूमिका चाहि कस्तो हुनु पर्छ भन्नेबारेमा झापाको गौरादहमा प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटले अन्तरकृया गरेको उपाध्यक्ष सुमन पुरीले जानकारी दिनु भयो ।

संघीता नेपाली भुगोलले धान्न सक्दैन । यसको आवश्कता छैन । अझ खास गरी प्रदेश संरचनाको त काम र औचित्यनै छैन भन्दै आलोचना गर्ने देखिन थालेका छन् ।

नेपालको संविधानले परिकल्पना गरेको संघियता र त्यसको सहि कार्यान्वायनको अभ्यासका बरेमा आम नागरीक सम्म सहजै पुर्याउन खास गरी सञ्चार माद्यमकै भूमिका प्रभावकारी हुने भएकोले यस खाले कार्यक्रमको औचित्य भएको गौरादह नगरपालिकाका प्रमुख छत्रपति सुवेदीले बताउनु भयो ।

साथै उहाँले जनप्रतिनधी हरेक दिन र हरेक पल जनताको सेवा गर्न, जनताकै काम गर्न निर्वाचित भएकोले आफुहरुको कुनै विदा नहुने र सार्वजनिक विदाका दिन सरकारी गाडी लिएर जनताको काममै हिड्दा समेत ओलोचना हुने गरेको उहाँले दुखेसो पोख्नु भयो ।

सरकारी गाडी कहाँ र कसरी अनी कुन काममा प्रयोग गरिएको हो भन्ने कुरा बुझ्दै नबुझि यस नकरात्मक प्रचार बढि गरिएको प्रति त्यस्को व्यवस्था के हुन्छ भन्ने बारेमा अन्तरकृयामा उपस्थित विषयका बिज्ञहरुलाई प्रश्न गर्नु भएको थियो ।
प्रेस चौतारी नेपाल कोशी प्रदेश कमिटीले मंगलबार सम्पन्न गरेको अन्तरकृयामा गौरादह नगरपालिकाका सबै जनप्रतिनिधीसँग स्थानीय विकास, संघीयता कार्यान्वायन र सञ्चारको भूमिकाका बारेमा विषयका बिज्ञहरु सहित अन्तरकृया गरिएको कार्यक्रम संयोजक यूवराज विवसले जानकारी दिनु भयो ।

यहाँ स्नात्तोकत्तर क्याम्पस विराटनगरका सह–प्राध्यापक डा. डील्ली प्रसाई र बरिष्ठ पत्रकार यज्ञ शर्माले सहजीकरण गर्नु भएको थियो ।

भिडियो हेरौ

https://youtu.be/rHzRUiYxl5w

 

Share:

Facebook
Twitter
Email
WhatsApp