अनेरास्ववियु दमकको अध्यक्षमा निश्चल

दमक /

अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) दमक नगर कमिटिको अध्यक्षमा निश्चल दाहाल चयन हुनुभएको छ ।

अनेरास्ववियु दमक नगरको दोस्रो सम्मेलनले दाहालाई अध्यक्षमा चयन गर्दै २१ सदस्यीय कमिटी गठन गरेको छ ।

गठित कमिटिको उपाध्यक्षमा मधुराम बिश्व र प्रभात कोईराला चयन हुनु भएको छ ।

यसै गरि सचिवमा रिजन घिमिलेलाई चयन गर्दा सह सचिवमा राजिव गौतमलाई छनौट गरिएको अनेरास्ववियुका केन्द्रिय सदस्य नितेश राईले जानकारी दिनु भयो ।

यस्तै कोषाध्यक्षमा नुमा थुलुङ राई सहित अन्य १६ जनालाई नगर कमिटी सदस्य बनाउदै कमिटिलाई पुर्णता समेत दिइएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp