विश्वशान्त्तीकालागी ढकालहरुले पितृमोक्ष अनुष्ठान गर्दै (भिडियोमा हेरौं)

दमक/
विश्वमा शान्त्ती फैलाउन भन्दै ढकाल बन्धु हिम तथा बंशावली एकिकृत समाजले पितृमोक्ष अनुष्ठान गर्ने भएको छ ।
यही फागुन २६ गतेदेखी चैत्र १ गते सम्म यो श्रीमद् भागवत विश्वशान्त्ती महायज्ञ एवं पितृमोक्ष अनुष्ठान गर्ने आज दमकमा पत्रकार सम्मेलन गरेर जानकारी गराइएको छ ।

समाजका अध्यक्ष डिल्लीराम ढकालका अनुसार यो अनुष्ठानमा देश तथा विदेशमा रहेका पौडेल तथा अन्य समुदाय गरी १० लाख बढिले सहभागीता जनाउने छन् ।

विश्वमा शान्त्ती फैलाउन बंशतन्तु परम्परा संरक्षण गर्न पितृदोषबाट मुक्त हुन एवं वंशुधैव कुटुम्बको भावना उजागर गर्न ढकाल बंश भेटघाट सहित विश्वशान्त्ती महायज्ञ आयोजना गर्न लागीएको उहाँले बताउनु भयो ।

आछामको कमलबजार ८ ढाकुमा यो अनुष्ठान हुने र यसमा एक कप चियाभन्दा माथी दान गर्न समेत आह्जान गरिएको उहाँले बताउनु भयो ।

भिडियोमा हेरौ

Share:

Facebook
Twitter
Email
WhatsApp