बिरामीको बहनामा सहयोग माग्ने देखी सावधान, तपाई ठगीदै हुनुहुन्छ (भिडियोमा हेरौ)

दमक/
सबै भन्दा पहिला यी व्यक्तिलाई ध्यान दिएर हेर्नुस । हेर्दा माया लाग्दो देखिने यी व्यक्तिको लुगा लगाई र यीनको बोली पनि यस्तै चिप्लो घस्ने गरिको छ । उनले आफ्नो कुर्तुत स्विकार गर्दै गर्दापनि उनको बोलीको यो लवज हेर्नुस त ।

यीनको नाम रहेछ सुमन विस्वकर्मा । उनले बताएअनुसार घर हो दमक १ । उनी मेरो घरमा बिरामी बहिनी छिन भन्दै घर घर गएर सहयोग संकलन गर्ने र केहि घरमा लुटपाट धन्दा पनि चलाउँदा रहेछन् । यस्तो हर्कत गर्दै दमक ८ मा आइपुगेका उनलाई यहाँका सचेत वडाबासीले पक्राउ गरे । पक्राउ गर्दै गर्दा पनि उनी भाग्न चाहन्थे ।

यहाँको रतुवा नदिको बगरै बगर कासघारीमा खेदाएर उनलाई पक्राउ गरियो । यसरी गलत मानासय लिएर गाउँ गाउँमा छिर्ने गिरोहरुलाई वडाध्यक्ष धर्मप्रसाद दाहाल दिपेशकै सकृयता र निगरानीमा पक्राउ गर्ने काम भइरहेको छ ।

वडाध्यक्षकै घरमा समेत गलत मनासयले चन्दाको नाममो ठगी गर्ने समुह आएपछि त्यसलाई पक्राउ गरेर प्रहरीलाई बुझाइएको कुरा स्मरण गर्दै वडाध्यक्ष दाहाल भन्नु हुन्छ घर घरमा आएर चन्दा संकलन गर्नेहरुसँग सावधान । ती सहयोगी नभएर काम गर्न नचाने अल्छी तथा ठगकहरुको समुह हो ।

पक्राउ परेका सुमन विस्वकर्माले समेत बिभिन्न घरमा गएर कसैसँग एक सय , कोहिसँग १०५ रुपैँया सम्म चन्दा उठाएका रहेछन । एक सय देखी माथीको रकमको मात्रै टिपोट गर्ने र त्यो भन्दा सानो रकमको चाहि कुनै टिपोट उनले नगर्दा रहेछन् ।

उनी घरमा बिरामी भएका कारण उपचारमा सहयोग गरिदिनुस भन्दै सहयोग माग्दै हिडने रहछन् । तर यसको वास्तविकाता भने फरक । घरमा उनकी बहिनी बिरामी नभएर उनले यसै मागेर धन्दा चलाउन सकिने रहेछ भनेर यो काम सुरु गरेको उनी आफैले स्विकार पनि गरे ।

उनलाई दमक ८ को वडा कार्यालयको टोली सहित वडाबासीहरुको सकृयतामा पक्राउ गरी बिहिबारनै इलाका प्रहरी कार्यालय दमकमा बुझाई सकिएको छ ।

भिडियोमा हेरौ

 

Share: