३५ विप्पन्न परिवारलाई खाद्यन्न सहयोग(भिडियो रिपोर्ट)

दमक/
दमकको मुख्य बजार क्षेत्रमा रहेका श्रमिक, ज्यालादारी कामदार, जसको दीगो आम्दानीको श्रोत छैन । बिहान बेलुकाको छाक टार्नै मुस्किल पर्ने र आफुहरुलाई विप्पन्नको सुचिका सुचिकृत भएकाहरुलाई खाद्यन्न सहयोग गरीएको छ ।

दमक नगरपालिका वडा नं ६ ले आफ्नो वडामा रहेका ३५ विप्पन्न परिवारलाई खाद्यन्न सहयोग गरेको हो । यी परिवारलाई न्यूनतम एक महिना सम्म पुग्ने गरीको चामल , दाल , नुन, तेल, लुगा धुने र नुहाउने साबुन साथै अन्य उपभोगी सामाग्री वितरण गरीएको वडाध्यक्ष टेक बहादुर थापाले जानकारी दिनु भयो ।

दिनदुखीका साथमा जनप्रतिनिधी रहेको भन्दै लाभान्वीतहरुले वडा कार्यालयको प्रशंषा गरेका थीए । यसले आफुहरुको सानो आवश्यकता पुरा गर्ने भन्दै खाद्यन्न लीन आएकाहरु खुसी भएका थीए ।

प्रति परिवार २ हजार ५ सय का दरले दैनिक आवश्यकीय खाद्यन्न सामाग्री यहाँ रहेका विपन्न परिवारलाई प्रदान गरिएको थियो । वडाले यहाँ रहेका विप्पन्न नागरीकहरुको निशुल्क स्वास्थ्य बिमा समेत गरीदिएको छ ।

भिडियोमा हेरौ

 

Share: