झापामा बढदै ‘फूटसल’ क्रेज

दमक/
सानो मैदान । थोरै खेलाडीको समुह । मैदान पनि खुल्ला स्थानमा नचाहिने । चारै तीर तारजाली हालेर बेर्ने । भुईमा हरियो अप्राकृतक झार लगाए हुने ।

न संरचना निर्माण गर्न कष्ट । न खेल खेल्ने समुह जुटाउनुको जटिलता । ८/१० जना साथी-भाई भेला भए । दुई टिम बनाएर भकुण्डो खेल्न मिलीहाल्ने । त्यसैले त अहिले शहर बजारमा यो खेलको क्रेज खुव बढिरहेको छ ।

 

केहि समुह बिचको मैत्रीपूणर् मात्रै नभएर ठुला ठुला पुरस्कार राषी सम्मका प्रतियोगितामा फूटसल खेलहरु हुन थाली सकेका छन् ।

केपि ओली कपको ‘प्रोमोसन’ गर्न झापामा फूटसल

यस्तै राष्ट्रिय स्टरको केपि ओली कप फूटलबलको प्रर्वधन गर्न झापामा फूटसल प्रतियोगीता हुन थालेका छन् ।

नेकपा एमाले सम्बद्ध रहेका विभिन्न संगठनहरुले मैत्रीपूणर् फूटलस प्रतियोगीता गरिरहेका छन् ।

यही क्रममा राष्ट्रिय युवा संघ मेचीनगरले आयोजना गरेको मैत्रीपूणर् फुटबल प्रतियोगिता बिहिबार मेचीनगरको धुलाबारीमा संम्पन्न भयो । दुई चरणमा सम्पन्न भएको प्रतियोगीतामा रिटर्नी फेडरेशन नेपाल झापा कमिटीले जीत हाँसिल गरेको थियो । रिटर्नीले पहिलो चरणमा राष्ट्रिय शिक्षक संगठन र दोस्रो चरणमा राष्ट्रिय यूवासंघसँग खेलेको थियो ।

 

यही सन्दर्भमा शुक्रबार दमकमा पनि यूवासघं दमक नगर कमिटीको आयोजनामा यूवा सघं र अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी यूनियन बिच फूटलस सम्पन्न भयो ।

सो प्रतियोगीतामा दुवै समुहले बराबर गोल गरी खेललाई बराबरीमै कायम गराए । प्रतियोगीता केपि ओली कप हुदैछ भन्ने सन्देश दिन आयोजना गरीएको यूवा सघं दमक नगर अध्यक्ष बिबेक भट्टराईले जानकारी दिनु भयो ।

 

लायन्कर्मी र पत्रकार बिच फूटसल

दममा रहेको लायन्स क्लव अफ झापा दमकले पनि मैत्रीपूणर् फूटसल प्रतियोगिता गर्यो । शु क्रबार सम्पन्न भएको प्रतियोगितामा दमकमा रहेका विभिन्न लायन्सर्की र विभिन्न मिडियामा आवद्ध भएर पत्रकारीता गरीरहेका सञ्चारकर्मीबिच फूटलस भएको थियो ।

 

सो प्रतियोगितामा पत्रकारको समुह बिजयी भएको क्लवका प्रथम उपाध्यक्ष विष्णु प्र. पोखरेलेल जानकारी दिनु भयो ।

 

दमक प्रहरी र रियल स्टार फूटवल क्लवको फूटसलमा प्रहरी पराजीत

शुक्रबार दमकमानै सम्पन्न भएको अर्को फूटसल प्रतियोगीतामा इलाका प्रहरी कार्यालय दमकको टोली पराजीत भएको छ । यहाँ रहेको रियल स्टार फूटबल क्लवसँग मैत्रीपूणर् प्रतियोगिता खेलेको प्रहरीले यहाँ भने पराजीत भएको थियो । दमक प्रहरीले समेत फूटलसल खेल्ने आफ्नै समुह तयार पारेको छ ।

अन्य बिभिन्न सघंसस्थाहरुसँग समय समयमा यस प्रकारका फूटसलहरु प्रहरीले खेल्दै आएको छ । शुक्रबार भने रियल स्टारसँग यहाँको प्रजीता फूटसल मैदानमा प्रतियोगीता भएको थियो ।

Share:

Facebook
Twitter
Email
WhatsApp