दमक/
माग २८ गते देखी सुरु भएको दमक महोत्सव आज अर्थात फागुन १२ गते समापन हुदै छ । महोत्सवको पूर्वसन्ध्यामा आयोजक रहेको दमक उद्योग वाणिज्य सघंले पत्रकार सम्मेलन गरेर महोत्सवको प्रवेश शुल्क र अन्यको बारेमा जानकारी गराएको थियो ।
त्यसबेला दिइएको जानकारी अनुसार महोत्सव अवलोकन गर्न आउनेसँग एक सय रुपैँया प्रवेश शुल्क लिने भनिएको थियो ।
तर महोत्सवको बिचमा भने यो शुल्क बढाइएको छ । बिचमा २ सय रुपैँया र आज अन्तिम दिन ३ सय रुपैँया प्रवेश शुल्क तोकीएको छ ।
यसै गरी पार्कीङमा समेत अत्याधीक रुपमा शुल्क बढाइएको छ । सुरुमा ३० रुपैँयाबाट सुरु भएको पार्कीङ शुल्क आज भने एक सय रुपैया पुर्याइएको छ ।
यसरी बिच बिचमा शुल्क बृद्धि हुदा महोत्सव अवलोकन गर्न आउनेहरु मारमा परेका छन् । एउटा मोटरसाईकल चढेर आउनेले अव महोत्सव स्थल प्रवेश गर्नु पर्यो भने ३ सय प्रवेश शुल्क र १ सय पार्कीङ गरी कुल ४ सय रुपैँया तीर्दा मात्रै प्रवेश पाउने छ ।
स्मरण रहोस यहाँ प्रवेश गरेका हरेक टिकटको शुल्क आयोजकले नभएर मेला ठेक्का लीएको भारतीय ठेकेदारले लैजाने सहमती आयोजक दमक उद्योग वाणिज्य सघंले गरेको छ । यता पार्कीङबाट सघंलाई ६० हजार रुपैँया दिने भनेर सम्झौता गरिएको महोत्सव संयोजक राजु खड्काले जानकारी दिनु भयो ।
शुल्कबृद्धिबारे के भन्छन् आयोजक
बिच बिचमा शुल्क बृद्धि भएको भन्ने गुनासोपछि हामीले किन यस्तो गरीयो भनेर आयोजकलाई प्रश्न गरेका छौ ।
‘प्रवेश शुल्कबृद्धि बारेमा प्रश्न गर्दा कलाकारको स्तर हेरेर त्यसलाई म्यानेज गर्न पनि प्रवेश शुल्क बढाउनु पर्ने रहेछ त्यहि भएर हामीले बढाउन अनुमती दिएका हौ । ’ संघका अध्यक्ष गोपाल गुरागाईले भन्नु भयो ‘ब्याण्डपनि महगो परेछ , उनीहरुलाई ल्याउने खर्चनै लाखौ परेकोले प्रवेश टिकट बढाउन बाध्य भएका हौ ।’ उहाँले बताउनु भयो ।
यता पार्कीङको शुल्क बृद्धि बारेमा एक सय रुपैँयाको पार्कीङक शुल्क लिन अनुमति नदिइएको गुरागाईले जानकारी दिनु भयो । सुरुमा ३० रुपैँयामा गरीएको सहमती बाहेक अन्य कुनैपनि रकम बढाउन सघंले स्विकृत नदिएको उहाँले बताउनु भयो ।
मनोमानी शुल्क बृद्धिले अवलोकनकर्तामा मार पर्दा यसको प्रत्यक्ष मार महोत्सव स्थलका स्टलहरुका देखिएको छ । रातमा आउने अधिकाश अवलोकन कर्ता साङ्गीतिक कार्यक्रममा मात्रै झुम्मीने भएकोले रातमा पनि ब्यापार नहुने र दिनमा प्रवेश शुल्कै महगो भएकोले मानीसहरुको न्यून उपस्थिती यो पटकको दमक महोत्सवले खेप्नु पर्यो ।