दमकमा तेस्रो लीङ्गीको ‘व्यूटि पार्लर’(भिडियोमा हेरौ)

दमक/
लैङ्गीक तथा अल्प संख्यकहरुको सिप विकास गराउन भन्दै झापाको दमकमा नमुना यूनिसेक्स सैलुन एण्ड ट्रेनीङ सेन्टरको उद्धघाटन भएको छ ।

 

पेषा तथा व्यवसाय गर्न समाजले समेत नस्विकारेको भन्दै दमकमा पहिलो पटक तालीम प्रदान गर्ने सहितको ब्यूटि पार्लर खोलीएको यसकी सञ्चालीका चञ्चला सुब्बा(नुमा)ले जानकारी दिनु भयो ।

 

निल हीरा समाजको केन्द्रिय अध्यक्ष पीङकी गुरुङले परिवारको समेत तिरस्कारमा परेको यो समुदायलाई समाजमा घुलीन गर्न निकै चुनौती रहेको उल्लेख गर्नु भयो ।

 

यो समुदायको सीप विकास गराएर रोजगार र स्वरोजगारमा लगाउन भन्दै दमक नगरपालिकाले पनि निरन्तर सहयोग गर्दै आएको छ । अव यौन श्रमीक तथा समाजको दुव्र्यव्यहारको दृष्टिकोषणबाट मात्रै नभएर सम्मानीत पेषा अपनाउँदै समान जीवन जीउन सक्ने बन्न दमक नगरपालिका सामाजीक विकास समिती अध्यक्ष शारदा सापकोटा भट्टराईले बताउनु भयो ।

 

अहिले सौन्दर्य सम्बन्धीको तालीम सहितको व्यूटि पार्लर खोलीएको र अव अन्य सिपयूक्त तालिम लिएर क्षमतावान बन्न दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले बताउनु भयो । उहाँले आवश्यकताको आधारमा र क्षमता विकास हुने क्षेत्रको बारेमा नयाँ परियोजना बनाएर दमक नगरपालिका आउन पनि उहाँले उल्लेख गर्नुभयो ।

 

यो पार्लर खोल्न दमक नगरपालिकाले दुई लाख पचास हजार रुपैँया सहयोग गरेको छ ।

भिडियोमा हेरौ

 

Share: