‘स्पोट’मै सरकारी काम गर्ने सम्झौता, उपभोक्ता भन्छन् ‘यो त काईदाको काम भयो’ (भिडियो रिपोर्ट)

दमक/
तपाईले तपाईको समुदायमा सरकारी योजना मार्फत काम गराउँदा कस्ता कस्ता सास्ती भोग्नु भएको छ ? तपाईको आफ्नो भोगाई बारे तल कमेण्ट बक्समा लेख्नु होला । उज्यालो खवरले त्यसलाई पनि प्राथमिकताका साथ खवर बनाउने छ ।

तर आज हामी तपाईलाई सरकारी कामको एउटा नमुना बारेमा यहाँ देखाउँदै छौ ।

झापाको दमक नगरपालिका वडा नं ८ काा त्रीलोचन बराल लक्ष्मी मार्गमा ड्रेन बनाउने काम गर्दै हुनुहुन्छ । यसको उहाँ उपभोक्ता समितीको अध्यक्ष समेत रहनु भएको छ । अरुबेला पनि उहाँले समुदायमा बिभिन्न कामहरु सरकारी योजनाबाट गर्नु भएको थियो ।

जसकालागि योजना पार्न, पारीसकेपछि त्यसको सम्झौता गर्न भन्दै बिभिन्न सरकारी निकाय धाइरहनु पथ्र्यो । तर अहिले त्यसो गर्नु परेको छैन । यो काम वडा स्तरको रहेकोले वडा कार्यालयले यहाँ योजना आवश्यक छ भन्ने कुरा यही आएर महसुस गरेर योजना पारीदियो ।

योजना पारीसकेपछि त्यसमा बजेट बिनियोजन भयो । बिनियोजीत बजेटबाट काम गर्न सरकारी सम्झौता गर्न सरकारी कर्मचारी सहित वडाका जप्रतिनिधी काम गरीरहेको ठाउँमै आइ । सबै खाता र कागजात लीएर फिल्डमै आएपछि उहाँले हस्ताक्षर मात्रै गर्नु पर्यो । अरु सबै काम वडाका कर्मचारी र जनप्रतिनिधीले गरिदिए ।

 

बराल मात्रै नभएर यही ठाउँका मनोज कुमार गोश्वामी पनि आफ्नो समुदायमा सडक बनाउने काममा व्यस्त हुनुहुन्थ्यो । उहाँहरुलाई यहाँ बाटो लकीङ टायल सहितको बाटो निर्माण गर्नकालागि वडा नं ८ को कार्यालयले ७ लाख रुपैँया बजेट बिनियोजन गरीदिएको छ ।

सोहि बजेटबाट उहाँहरुले काम गरीरहनु भएको छ । योजनामा परेर वडाले निणर्य गरेपछि उहाँहरुले धमाधम काम गरीरहनु भएको छ । सुरुमा उपभोक्ताले २ लाख रुपैँयाको काम गर्दै गरेको र वडाको बजेटको काम गर्ने बेलामा वडामा सम्झौता गर्न जानु पर्ने थियो । तर उहाँले वडाको योजनाको कामको सम्झौता वडामा नभर आफ्नै समुदायमा काम भइरहेको ठाउँमा नै सम्झौता गर्न पाउनु भयो ।

स्थानीय सरकारको संरचनागत विकास सिंहदरबारको अधिकार घर घर भन्ने थियो । यही मर्मलाई सान्दर्भीकता दिन यहाँको वडाले योजना स्थलमै गएर सम्झौता गर्ने काम थालेको छ । वडा स्तरबाट हुने कामलाई जनतामुखी बनाउन जनताको घर घरमै जानु पर्छ भन्ने सोचका साथ जन्मदर्ता, मृत्यूदर्ता, स्वास्थ्य बिमा, जेष्ठ तथा अशक्तलाई घर घरमै स्वास्थ्य परिक्षण जस्ता काम जनताकै घरमा गएर गरीरहिएको वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)ले जानकारी दिनु भयो ।

दमकमा पछिल्लो समय वडा स्तरका योजनाहरु वडा कार्यालयले नै सम्झौता गर्न थालेका छन् । यस अघी यहाँ वडा स्तरको योजना सम्झौता गर्न पनि नगरपालिकामा धाउनु पर्नुे बाध्यता थियो ।

जसले गर्दा कहिले सम्बन्धीत शाखाका अधिकृत नभेटिने, प्रमुख प्रशाषकीय अधिकृत नहुने र योजना सम्झौता गर्नैकालागि पनि पटक पटक नगरपालिका धाईरहनु पर्ने बाध्यता थीयो ।

भिडियोमा हेरौ

Share: