स्वरोजगार बन्न ढाका टोपी सहयोग(भिडियोमा हेरौ)

दमक/
पुष्प ढकाल,दमक ७ स्थित नमुना बस्तिमा बस्नु हुन्छ । सन्तान कोहि छैनन् । बुढो शरीर बिरामी श्रीमती गोमालाई लिएर नगरपालिकाले बनाइदिएको यो घरमा बस्दै आउनु भएको छ ।

उहाँ आफैपनि बिरामी हुनुहुन्छ । विभिन्न रोगको उपचार गर्न भन्दै पेट चिरीएको छ । मेरुदण्ड खिएको छ । बलको काम गर्ने हुती छैन ।
पाखुरीमा बल नभएपछि गर्न केहि सकिएन । उमेरले ७० छेक पुग्नु भएका ढकाल छोराछोरीको कमाई खाएर बस्ने उमेर हो । तर उहाँको कोहि पनि सन्तान् छैनन ।

पुख्र्यौैली आर्जन केहि छैन । सानै देखी मजदुरी गरेर कमाएको कमाईले बिहान बेलुकाको छाक टार्नै धौ धौ भएको थियो । अहिले त त्यो पनि गर्न नसकेपछि उहाँललाई मुखमा माण लगाउनै पनि मुस्किल पर्यो । जसले गर्दा उहाँ कसैले दिन्छ कि, कहि भनिएर केहि आउँछ कि भन्ने आशै आशमा बस्न थाल्नु भयो । सहयोग दिने र भनिदिनेहरुपनि केहि समय मात्रै भेटिन्छन् । तर जीन्दगी लामो छ । सँधै अरुको आशले मात्रै पनि बाँच्न सकिन्न ।

ढकालको यस्तो स्थिती थाह पाएपछि एच डि एन पि नेपाल नामक सस्थाले दिगो रुपमा कमाई गर्न सहज होस भनेर एक सय वटा ढाका टोपि प्रदान गरेको छ ।

वितरीत ढाका टोपिको बिक्रिबाट आएको मुनाफाबाट उहाँलाई आर्थीक उपार्जन गर्न सहज होस भनेर बिना बलको काम हिडेर वा कहि बसेर नै गर्न सक्ने एक प्रकारको झोले ब्यापार गर्न मद्यत गरिएको एच डि एन पि नेपालका संयोजक मिनल आचार्यले जानकारी दिनु भयो ।
दमक ७ स्थित रतुवा नदिको किनार पूर्व नमुना बस्तिमा बनेको घरमा बस्नु हुने ढकालसँग घरको पटाडी पटि केहि खाली जमिन पनि छ ।

यहाँ केहि तरकारी लगाउनु हुन्छ । यसले तरकारीको आंशीक आवश्यकता पुरा गर्छ । दाल, चामल र पकाउने ग्यासकालागि स्थाई आम्दानीको श्रोत छैन । काम गर्ने इच्छा शक्ति भएपनि रोगी शरीरले बलको काम गर्यो भने ५ सय कमाउँदा एक हजारको खर्च बउढाउने डर छ । तर उहाँ हिड डुल गर्न सक्नु हुन्छ । वर पर गरिरहनु भएको छ ।

त्यसैले डुलेर गर्न सक्ने काम तथा व्यापार गर्न भनेर दिइएको ढाका टोपीलाई उचीत सहि सदुपयोग गर्दैै दिगो आम्दानीको श्रोत बनाउन सामाजीक अभियान्ता सुरेन्द्र श्रेष्ठले सुझाव दिनु भएको छ ।

दमक नगरपालिकामा ढकाल जस्ता परिवारलाई सहयोग गर्ने गरीका विभिन्न खाले कार्यक्रम आइरहेका हुन्छन् । त्यसमा कसैको पहुच पुग्छ त कसैले थाहै नपाई त्यस्ता सरकारी कार्यक्रम सकिएर जाने पनि गरेका छन् । हेर्दा सानो काम जस्तो देखिएपनि यदी यसलाई सहि सदुपयोग हुने हो भने यसले दीर्घकालीन प्रभाव पार्न सक्ने र यस्तै प्रकृतीका अन्य परिवारलाई नगरले पनि कार्यक्रम बनाएर सहयोग गर्ने प्रतिवद्धता दमक नगरपालिकाको कार्यपालिका सदस्य तथा सामाजीक विकास समिती अध्यक्ष शारदा सापकोटा भट्टराईले गर्नु भयो ।

उहाँले ढकाल परिवारलाई औषधी खान भनेर केहि नगद पनि हस्तान्तरण गर्नु भएको थियो । यस अघीपनि नगरपालिका, वडा कार्यालय तथा अन्य बिभिन्न सघं सस्थाहरुबाट सायोग पाउनु भएका ढकाल परिवारलाई अहिलेको ढाका टोपी वितरणले भने दिगो रुपमा आम्दानीको श्रोत बन्न सक्ने र कहि कसैसँग सहयोगको आत फइलाउन पर्दैन कि भन्ने विस्वास सहयोगी सस्था एच डि एन पि नेपालको छ ।

भिडियोमा हेरौ

Share: