सुरक्षा प्रमुख: नेपाल-भारत सीमा पदयात्रा।

Screenshot_26-2-2024_13943_www.nepalpress.com

सुनसरीको ६१ किलोमिटर सीमा भारतसँग जोडिएको छ । सीमाका समस्या, पिलरहरूको अवस्था र स्थानीयको गुनासो सुन्न सुनसरीमा रहेका सुरक्षा निकायका प्रमुखहरू अहिले पदयात्रामा छन् । उनीहरूमाझ स्थानीयको गुनासो छ, ‘एसएसबीले दु:ख दिएर हैरान पार्‍यो । गाउँमा बस्न नसकिने भयो ।’

 

फागुन १२ गतेबाट सुरू पदयात्राका क्रममा सुरक्षा निकायले आइतबार हरिनगरमा स्थानीयसँग अन्तरक्रिया आयोजना गरेको थियो । स्थानीय कसिम मियाँले गाउँमै पसेर भारतीय सीमा सुरक्षा बलका जवानहरूले नेपालीलाई कुटपिट गरेको दु:खेसो पोखे ।

 

उनले भने, ‘नेपालतिरै पसेर श्रीमती र छोराछोरीलाई कुटपिट गरियो । सँगै रहेका सशस्त्र प्रहरीलाई खबर गर्दा पनि सहयोग भएन ।’

उनले विनाकारण गाउँमै आएर श्रीमती र छोरालाई कुटपिट गरेपनि कसैले सहयोग नगरेको बताए । उनले गुनासो गरिरहँदा सशस्त्र प्रहरी बल पकली वाहीनीका प्रमुख डीआइजी अञ्जनीकुमार पोखरेल र नेपाल प्रहरी कोशी प्रदेशका प्रमुख डीआईजी चन्द्रकुबेर खापुङ्ग उपस्थित थिए ।

 

स्थानीय मोहम्मद सहवाज आलमले एसएसबीको दुर्व्यवहार र ज्यादतीले घरै छोड्नुपर्ने अवस्था सिर्जना हुने गरेको बताए ।

 

उनले भने, ‘सिमानामा घर छ । सिमानामा भएपछि खेतीपातीका लागि नेपाली भारततिर भारतीय नेपालतिर नआई हुँदैन । देश फरक भए पनि खेती किसानीको काम गर्न वारी पारी नगरी हुन्न । तर, अब हामीले खेती गर्न नसक्ने भयौं ।’

 

पहिलेदेखि नै यो चलन रहेको भन्दै भारतीय सुरक्षाकर्मीले खेती नै गर्न नदिएपछि कसरी गरी खाने ? भन्दै सहवाजले प्रश्न गरे ।

 

अन्तर्राष्ट्रिय सीमा सम्झौताअनुसार दशगजा क्षेत्रमा भौतिक संरचना निर्माण गर्न र प्रयोग गर्न कसैले पनि पाउँदैन । तर, हरिनगरमा भने भारतीय पक्षले पूर्वाधार बनाउने गरेको स्थानीयले बताए ।

 

अताउल अन्सारीले भने, ‘भारतीय पक्षले दशगजा क्षेत्रमा अनधिकृतरूपमा बनाएको संरचनाका कारण मलमूत्रसमेत नेपालतर्फको ढलमा मिसाइदिएका छन् । यसो नगर भन्दा कुटाइ खानुपर्छ । भारतीयको मलमूत्रको दुर्गन्धका कारण गाउँमा बस्न सक्ने अवस्था छैन ।’

 

उनले आफूहरूले भारतीय ज्यादती रोक्न केन्द्रीयस्तरबाटै पहल गरिदिन वर्षौंदेखि माग गरेको बताए ।

 

दुई देशको सीमा नाका खुल्ला भएका कारण नेपाली रोजगार र किनमेलका लागि नाकामा पुग्ने गरेका छन् । तर, नाकामा भारतीय सुरक्षा बल एसएसबीले दुर्व्यवहार गर्ने क्रम नरोकिएको भन्दै स्थानीयले सुरक्षा माग गरेका छन् । कार्यक्रममा स्थानीयको गुनासो सुनिसकेपछि सशस्त्र प्रहरी बल कोशी प्रदेश प्रमुख डीआईजी अञ्जनीकुमार पोखरेलले सीमा समस्या र विवाद नसुल्झिँदा समस्या भएको बताएका छन् ।

 

उनले भौतिक र मानसिक दुवै हिसाबले तनाव खेप्नुपरेको स्वीकार्दै यसका लागि माथिल्लो निकायबाटै पहल हुनुपर्ने बताए ।

 

सशस्त्र प्रहरीले सीमित श्रोत र साधनका बाबजुद सुरक्षा प्रदान गरिरहेकाले यसका स्थानीयको पनि उत्तिकै साथ चाहिएको उनले बताए । कतिपय घटना तल्लो स्तरबाटै आफूकहाँ आइ नपुग्ने भएकाले निराकरणको लागि समय लाग्ने गरेको उनको भनाई छ ।

 

दुई देशका सुरक्षा अधिकारीबीच हुने नियमित बैठकमा स्थानीयको समस्या राखेर समाधान निकाल्ने पोखरेलले आश्वासन दिए ।

 

पाँच दिनसम्म चल्ने सीमा पैदल यात्रा तथा अन्तरक्रियामा प्राप्त सुझावलाई कार्यान्वयनका लागि पहल गर्ने सुनसरीका प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बताए ।

 

भारतसँग सीमा जोडिएको क्षेत्रमा हुने चोरी तस्करी र आपराधिक गतिविधि रोक्न यो कार्यक्रमले सहयोग पुग्ने आचार्यको भनाई छ । यसका साथै सुनसरी प्रशासनले सीमा क्षेत्रको नियमित अनुगमन, समन्वयात्मक छलफल र प्रचारप्रसारलगायतका कार्यक्रमलाई समेत तीव्रता दिएको आचार्यले जानकारी दिए ।

 

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत