दैनिक पाँच लाख खोप दिने अभियान

खोप अभियानलाई तीव्रता दिईदै

vaccine_NJaSQc3F1V

काठमाडौं/

सरकारले कोरोनाविरुद्धको खोप अभियानलाई तीव्रता दिन १५ दिनसम्म दैनिक पाँच लाख खोप लगाउने लक्ष्य लिएको छ।
पछिल्लो समय कोरोनाविरुद्धको खोप पर्याप्त मात्रामा हुँदा पनि खोप लगाउनेको संख्या नबढ्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दैनिक पाँच लाखका दरले खोप लगाउने अभियान सुरु गरेको हो। मन्त्रालयका सचिव डा. रोशन पोखरेलले पुस १२ देखि अभियान सुरु भएको बताए।

देशभर हाल १ करोड २० लाखभन्दा बढी कोरोनाविरुद्धको खोप मौज्दात रहेको छ। स्वास्थ्य मन्त्रालयको तथ्यांकअनुसार दिनमा साढे दुई लाखभन्दा बढी खोप चल्न नसकेपछि अभियान सुरू गरिएको हो। तर‚ सोमबार ५ लाख ६८ हजार ३१९ जनाले खोप लगाएका छन्। यो हालसम्मकै दैनिक खोप लगाउनेको धेरै संख्या हो।
उल्लेख्य मात्रामा खोप लगाएपछि स्वास्थ्य सचिव पोखरेलले देशभरका स्वास्थ्यकर्मी तथा सहयोगीहरुलाई धन्यवाद दिएका छन्। उनले खुलेर खोप अभियानमा सहभागी हुन सबैलाई अनुरोध गरेका छन्।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

दोस्रो पथरी शनिश्चरे म्याराथनको उपाधि भिसन र अंकितालाई

पथरी, २९ बैशाख / ‘खेलकुद राष्ट्रको शान, स्थानीय खेलाडी उत्पादन हाम्रो अभियान’ भन्ने मूल नाराकासाथ दोस्रो पथरी शनिश्चरे नगर खेलकुद महोत्सव अन्तर्गत म्याराथन दौड प्रतियोगिता

हिजाे साँझको हावाहुरीले झापामा कहाँ कहाँ कति क्षति भयाे ?

दमक , २८ बैशाख ।  आइतबार साँझ झापामा एकाएक हावाहुरी सहित भारी बर्षा भएकाे छ । आँधिहुरीका कारण जिल्लाका विभिन्न स्थानमा क्षति पुर्याएको जिल्ला प्रहरी

तीनकुने घटनामा संलग्न शिव सेनाका अध्यक्ष पक्राउ

दमक, २८ बैशाख / चैत १५ गते राजावादीहरुको हिंसात्मक प्रदर्शनको आरोपमा शिव सेना नेपालका अध्यक्ष अनिल बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ ।   गत चैत

स्वस्थ जीवनका लागि युटर्नको सन्देश

पथरी, २८ बैशाख / मोरङको पथरी शनिश्चरेमा युटर्न इन्टरनेसनल प्रालिले स्वस्थ जीवन जिउने सन्दर्भमा सन्देशात्मक कार्यक्रम सम्पन्न गरेको छ ।   वडा नम्बर ९ स्थित