सडक मानवले खाए ‘बफे’ खाना, भन्छन्ः जहाँ भेट्छौ त्यहि खान्छौ’ (भिडियोमा हेरौ)

दमक/
दमकको मुख्य चोकमा झकिझकाउ पारेर टेण्ट टागी पञ्डाल बनाइएको थियो । यहाँ थरी थरीका मिठा परिकारहरु राखीएको छ । लाग्छ यहाँ कुनै भोज र भत्तेर चलीरहेको छ वा त यी परिकारहरुले कोहि भि आई पिहरुलाई पर्खी रहेको छ । किनकी यहाँ खानाहरुको मेन्यू उस्तै थियो । कुनै पार्टि प्यालेसमा बिवाह तथा खास उत्सवमा गर्ने भोज भन्दा कुनै कमी थीएन ।

तर यो भोजले कुनै भिआईपीलाई पर्खेको थीएन । यहाँ त भोकै बसीरहेका दिनदुखीहरुलाई पर्खेको थियो । उनीहरुलाई जम्मा गरेर सिटि सफारीमा हालेर ल्याइरहिएको थियो । यसरी आएकारु हातमा थाल समातेर बफे खानाको सेट तर्फ लाईनमा बसिरहेका थीए । लाईन बस्न नसक्नेहरु कुर्सीमा बसे । त्यहि नै खाना पुर्याइदिएर पेट भरी मासु भात खुवाउने काम भएको थियो । उनीहरु दङ्ग थीए । दिनको मध्यान्न १२ बजीसकेको थियो । बिहान देखी केहि पनि नखाई भोकै बसेकाहरुले मिठो भोजन पाए । उनी मनभरी खुसी हुदै ती परिकार पकापक खाए । यसरी खाना खानेहरु अधिकाशंले घर छोडेर हिडेकाहरु हुन । जो कयौ दिन देखी घर फर्केका छैनन । जहाँ पुग्यो त्यहि बस्ने । जे भेट्यो त्यहि खाने । उनीहरुको दैनिकीनै यसरीनै चलीरहेको छ ।

यसरी एक छाक भएपनि मिठो खाना खुवाउने पुण्ड्य कर्म गर्ने सस्थाको नाम हो, एचि डि एन पि इन्टरनेशनल । यसैको आयोजनामा दमकमा रहेको क्लव हिमालय टाईगरसग सहकार्य गरी यो कार्यक्रम सम्पन्न गर्यो । आयोजक एच डि एन पि का नेपाल संयोजक मीलन आचार्य भन्नु हुन्छ ‘ हाम्रो सस्था यस्तै दिनदुखीको सहज जीवन यापनकालागी विस्वका बिभिन्न मुलुकमा काम गरीरहेको छ । त्यहि अन्तर्गत यो कार्यक्रम गरीएको हो । र यस्तै विप्पन्न परिवारककालागी अन्य नयाँ कार्यक्रमहरु पनि स्विकृत भइसकेकोले पालिका सरकारसँग समन्वय गरी सम्पन्न गर्ने छौ ।’

अहिले यो संक्षीप्त कार्यक्रम भयो । यसले दमकमा सडक मानवहरु कस्तो कस्तो अवस्थामा छन् भन्ने कुराको स्थिती थाह भयो । उनीहरुको इच्छा र माग बारेमा अव बुझेर यस्ता सडक मानवहरुलाई व्यवस्थापन गर्ने ठाउँको भने दमकमा अभाव रहेको क्लव हिमालय टाईगरका अध्यक्ष रेवतराज भण्डारीले बताउनु भयो । यसमा स्थानीय सरकार थप जिम्मेवार र जवाफदेहि हुनुपर्छ भन्ने उहाँको आसय थीयो ।

दमक नगरपालिकाका मेयर राम कुमार थापाले यहाँ रहेका सडक मानवहरुसँगै बसेर खाना खानु भएको छ । सडक मानवहरुलाई खाना खुवाउने कार्यक्रममा उहाँ समेत सहभागी भएर सडक मानवसगै बसेर खाना खानु भएको हो । खाना खाइसकेपछि उज्यालो खवरलाई संक्षीप्त प्रतिकृया दिदै उहाँ भन्नु हुन्छ ‘दमकमा कोहि पनि भोकै बस्नु नपर्ने गरीको व्यवस्था मिलाइएको छ ।

सडक मानवहरुलाई व्यवस्थापन गर्ने बताउँदै उहाँले भन्नु भयो ‘दमक बाहिरबाट आएकाहरुलाई घर ठेगाना पत्ता लगाएर जिम्मा लगाउने र दमककैलाई यसरी सडक मानव भएर बसेकहरुलाई रोजगारको समेत व्यवस्था गराएर व्यवस्थपन गर्ने तयारीमा छौ ।’

शनीबार सम्पन्न भएको सडक मानवहरुलाई खाना खुवाउने कार्यक्रममा दमकमा रहेका १ सय ४३ जनालाई खाना खुवाइएको थियो भने केहिलाई कपडा तथा अन्य सामाग्री पनि उपलब्ध गराइएको थियो ।

सो कार्यक्रममा लायन्स क्लव अफ दमक गरीमा, फ्रुट एग्रो प्रोडक्ट, संगम स्विट,बेला डेरी प्रोडक्सनको समेत सहकार्य रहेको थियो ।

भिडियोमा हेरौ

 

 

Share: