सरकार अहिले प्रतिस्ठीत व्यापारीलाई किन निसाना बनाइरहेको छ ? भाटभाटेनीका सञ्चालक मिन गुरुङको भद्र जवाफ हेरौ (भिडियोमा)

दमक/
झापाको दमक ९ मा एउटा भव्य बिजनेश कम्प्लेक्स ठडीएको छ । डेढ अर्व लगानीमा बनेको यो कम्पेक्सको नाम हो भाटभटेनी सुपर मार्केट । यहाँ दमक सहित यतै आसपासका ३ सय भन्दा बढि यूवा जनशक्तिले नेपाल सरकारले तोकको तलवमानमा काम पनि गर्न पाएका छन् । अस्वस्थ्य र प्रतिस्पर्धी बजारमा ब्यापारीहरुको मनोमानी मुल्यले हैरान भएका उपभोक्ताहरुपनि सबै सामान एकै छाना मुनी त्यो पनि सहुलीयतमा खरिद गर्न पाइने भन्नेमा विस्वस्त छन् ।

सस्तोमा धेरै सामान बेच्ने, मुनाफा भन्दा पनि सामाजीक सेवाको भाव राखेर झापाको दमकमा भाटभटेनीको २७ औ स्टोर खोलीएको यसका सञ्चालक मीन बहादुर गुरुङले बताउनु भयो ।

काठमाडौबाट सुरु भएको भाटभटेनी सुपर मार्केट पूर्व देखी पश्चिम सम्मका शहरहरुमा फैली सकेको छ । गतवर्ष माघ ४ गते स्टोर शिलान्यास गरेको दमकको भाटभटेनीले १३ महिनामै आफुलाई पूणर् तयारी बनाएको छ । यो स्टोर १४ कट्ठा क्षेत्रफलमा करिब १ लाख १६ हजार स्क्वायरफिट क्षेत्रफलममा फैलावट रहेको छ । यती छोटो अवधिमै यो तयार भएको भएपनि यो अन्य ठाउँको भन्दा सुविधा यूक्त, अन्तरािष्ट्रय स्तरको सुपर मार्केट बनेको सञ्चालक गुरुङ दावी गर्नु हुन्छ ।

अहिले देश आर्थीक मन्दीको चपेटामा छ । यही बेला डेढ अर्वको लगानी गरेर नयाँ अर्वको सांराज्य तयार पार्नु चानचुजने चुनौती पक्कै होईन । दमकमा भाटभटेनी सञ्चालनमा आएपछि यसले आन्तरीक पर्यटनतलाई प्रर्वधन गर्छ नै यसले राष्ट्रिय उद्धेस्य पुरा गराउन पनि मद्धत पुग्ने विस्वास गुरुङमा छ । उहाँ भन्नु हुन्छ हामी बस्तु बिक्रिमा सबै भन्दा धेरै कर तीर्ने व्यवसायीक प्रतिस्ठानमा परेका छौ । आन्तरीक रोजगार बृद्धि गराउनमा पनि हाम्रो देन पक्कै अग्रस्थानमै छ । यी काम अहिलेको राष्ट्रिय आवश्यकता हो । हामी यो आवश्यकता पुर्ती गर्न तल्लीन भएका छौ ।’

गुरुङका यी कुरा सुन्दा उहाँ रोजगार सिर्जना गर्दै सस्तो मुल्यमा बस्तु बिक्रि गर्ने केन्द्र स्थापना गर्ने देश दौडाहमा हुनुहुन्छ । उहाँका अनुसार अहिले प्रत्यक्ष हजारौले रोजगार पाएका छन् । कयौ ठाउँ भाटभटेनीकै कारण थप विकसीत पनि भइरहेका छन् । समग्रमा देश विकासमा एउटा व्यापारीको पनि केहि योगदान हुन्छ र गर्नु पर्छ भन्ने सोचकासाथ अघी बढिरहनु भएका उहाँलाई उज्यालो खवरले प्रश्न गर्यो ‘यसरी तपाईहरु पवित्र उद्धेस्य लीएर अघी बढिरहदा सरकार भने तपाईहरु जस्ता प्रतिस्ठत व्यापारीलाइ किन निसाना बनाइरन्छ ? भनेर प्रश्न गरेका थीयौ । उहाँले हास्दै जवाफ दिनु भयो । ‘सरकार प्रति मेरो कुनै कमेण्ट छैन । सरकार हाम्रो अभिभावक हो । हामी उनका सन्तान । अभिभावकले आफ्ना सन्तानको पीर र मर्का एक दिन पक्कै बुझ्ने छ ।’

आफ्नै देशमा केही गर्नुपर्छ भनेर आफ्नो सम्पूणर् ऊर्जा देशमै लगाएको बताउनु हुने गुरुङ राज्यको व्यवहारले आफूलाई केही मात्रामा हतोत्साहित बनाएको भएतापनी आफू नडगमगाएको र न्याय पाउनेमा विश्वस्त रहेको बताउनु हुन्छ । यही फागुन २३ गतेबाट औपचारिक रुपमा सञ्चालनमा आउने यस सुपर स्टोरको लागि सम्पूणर् तयारी पूरा भएको भाटभटेनीले जनाएको छ । उद्घाटनका अवसरमा आम ग्राहकहरूलाई प्रत्येक सामानको खरिदमा १० देखि २० प्रतिशतसम्म छुटको व्यवस्था रहेको जनाइएको छ ।

भिडियोमा हेरौ

Share: