काठमाडौ/
नयाँ सत्ता समीकरण बनेसँगै सरकार पनि बिस्तार भएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सानो आकारको मन्त्रिपरिषद् बिस्तार गर्नु भएको हो ।
शीतल निवासमा आयोजित विशेष समारोहमा नवनियुक्त ३ मन्त्रीलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ गराउनु भयो । तीनैजना मन्त्रीलाई कुन कुन मन्त्रालय दिने भने अहिलेनै टुङ्गो लगाइएको छैन ।
नेकपा एमालेले पर्वतका सांसद एवं प्रमुख सचेतक पदम गिरीलाई पहिलो चरणमा पठाएको छ । गिरी यसअघि स्वास्थ्यमन्त्री हुनुहुन्थ्यो ।
त्यस्तै माओवादीले हितबहादुर तामाङलाई अघि सारेको छ । यसैगरी रास्वपाबाट पहिलो चरणमा उपसभापतिसमेत रहेका डीपी अर्याल मन्त्री मन्त्री बन्नु भएको छ ।
उहाँ यसअघी श्रम तथा रोजगारमन्त्री रहनु भएको थियो ।