हराउँदै बाँसका भकारीको प्रयोग

गाउँ घरमा देखिनै छाड्यो भकारी

bhakari

 

 

झापा — गाउँघरमा धान, गहुँ लगायतका दाल दलहन भण्डारणमा प्रयोगमा आउँने बाँसको भकारीको प्रयोग हराउँदै जान थालेको छ ।
डोम, मुसहर, हलखोर लगायत दलितहरुले युगौदेखि धान, गहुँ लगायत दाल दलहन अन्न भण्डारण गर्नका लागि प्रयोग हुने बासको भकारी बनाइ जीवनयापन गर्दै आएपनि आधुनिक युगमा फलाम तथा स्टील लगायत विभिन्न आकर्षक खालेका भकारी लगायत अन्य सामाग्री बजारमा आएपछि बासको भकारीको माग दिनानुदिन घट्दै गएको छ ।

पहिलेको समयमा अन्न भण्डारण गर्नका लागि सैयौ मन धान, गहुँ, मसुरी, मकै लगायतका अन्न सुरक्षित रुपमा राख्नका लागि जमिन्दारहरुको घरमा ठुला ठूला भकारी हुने गरेको तथा किसानको घरमा १५ देखि २५ मन अन्न भण्डार गर्नका लागि ससाना भकारी प्रयोग हुने गरेकोमा त्यस्ता भकारी बनाइ जीवनयापन गर्दै आएका दलितहरुको हाल केही वर्ष यता आधुनिक किसिमको बजारमा पाइने भकारी प्रति सर्वसाधारण जनताको आकर्षण बढ्दै गएपछि बाँसको भकारी बिक्री एकदमै न्यून भएको झापाको गौरीगञ्ज ६ का रामु साफी बताउछन् ।

साफीले भने, “अहिले साह्रै कम मान्छेले मात्रै भकारीको प्रयोग गर्न थालेका छन् । यसले त हाम्रो व्यवसायनै संकटमा परेको छ ।” बाँसको भकारी, सुप, डलिया लगायतका सामाग्री स्थानीय बजारमा बेचेर जीवन यापन गर्दै आएकोमा अब यो पेशाबाट पेट पाल्न गाह्रो हुन थालेको उनी बताउँछन् । आधूनिक युगको विस्तारैसंगै भकारी किन्नेको संख्या घट्दै जान थालेपछि अहिले धेरैले अन्य कामको खोजी गर्न थालेको साफीले सुनाए ।

झापा गौरादह ७ का किसान कणर् अधिकारी पहिलाको तुलानामा अहिलेका भकारी कमशल हुन थालेकालेपनि सर्बसाधारणको यस्ता भकारी तर्फ आकर्षण घटेको बताउछन् । “पहिलाका भकारी दह्रा हुन्थे । तर, अहिले बजारमा पाईने भकारी बाँसको भित्रि चोयाले बनाएको भेटिन्छ । यो दुई बर्षपनि टिक्दैन । अधिकारीले सुनाए । ”

तराई मधेशका गाउँघरमा धान गहुँ लगायत दाल दलहन भण्डारण गर्नका लागि प्रयोग गरिने बाँसको भकारी पछिल्लो समय लोप हुन थालेको छ । समय परिवर्तनसँगै मानिसहरूले अन्न भण्डारण गर्नका लागि बाँसको भकारीको सट्टामा बजारमा पाइने टिन तथा जस्तापाताका भकारीहरूको प्रयोग गर्न थालेपछि जीवनयापनका लागि बाँसको भकारी बनाएर बिक्री गर्दै आएका डुम समुदायको पुर्खौली पेशा नै संकटमा परेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

जताततै माताहरुको सम्मान, माताहरुको महानताप्रति सबै नतमस्तक

दमक, १३ बैशाख / जननि जन्मभूमिश्च स्वर्गादपी गरियसी । अर्थात जन्मदिने आमा धर्ती समान हुन्छिन् । यो संसारमा आमाको जत्तिको महत्व केही चिज बस्तुको नि

ललितपुर सिटी एफसी र पोखरा थण्डर्समध्ये कस्ले चुम्ला उपाधि ?

दमक, १३ बैशाख / एनसेल सुपर लिग फुटबल प्रतियोगिताको उपाधिका लागि आज साँझ साविक विजेता ललितपुर सिटी एफसीले पहिलो पटक फाइनल पुगेको पोखरा थण्डर्ससँग सामना

हरदम उत्साहित उदासीले ‘पानीको पर्खाल’ ल्याउँदै

दमक, १३ बैशाख / जीवनका हरेक आरोह अवरोधमा उत्साहले अघि बढ्दै आउनु भएका कृष्णप्रसाद शिवाकोटी साहित्यमा कृष्ण उदासीका नाममा परिचित हुनुहुन्छ । उहाँमा कहिल्यै उदासपन

आमाहरुलाई खुसी पार्ने कार्यक्रम, सम्मानका साथमा मिष्ठान्न भोजन

आमाहरुलाई एक दिन मातातीर्थ औषिको अवसमार मात्रै सम्झेर नपुग्ने भन्दै आमाको महिमा अपरम्पार रहेकोले हरेक दिन हरेक पल सम्झेर सम्मान गर्न आवश्यक

दमक बजारको तरकारी तथा फलफूल परीक्षण, अधिकांश खान योग्य रहेको रिपोर्ट

तरकारी, फलफूल तथा बाहिर खुला राखेका अन्य खाद्यान्नका कारण मानिसहरुमा बिभिन्न जटिल प्रकृतिका रोगहरु लाग्ने गरेका छन् ।