हराउँदै बाँसका भकारीको प्रयोग

गाउँ घरमा देखिनै छाड्यो भकारी

 

 

झापा — गाउँघरमा धान, गहुँ लगायतका दाल दलहन भण्डारणमा प्रयोगमा आउँने बाँसको भकारीको प्रयोग हराउँदै जान थालेको छ ।
डोम, मुसहर, हलखोर लगायत दलितहरुले युगौदेखि धान, गहुँ लगायत दाल दलहन अन्न भण्डारण गर्नका लागि प्रयोग हुने बासको भकारी बनाइ जीवनयापन गर्दै आएपनि आधुनिक युगमा फलाम तथा स्टील लगायत विभिन्न आकर्षक खालेका भकारी लगायत अन्य सामाग्री बजारमा आएपछि बासको भकारीको माग दिनानुदिन घट्दै गएको छ ।

पहिलेको समयमा अन्न भण्डारण गर्नका लागि सैयौ मन धान, गहुँ, मसुरी, मकै लगायतका अन्न सुरक्षित रुपमा राख्नका लागि जमिन्दारहरुको घरमा ठुला ठूला भकारी हुने गरेको तथा किसानको घरमा १५ देखि २५ मन अन्न भण्डार गर्नका लागि ससाना भकारी प्रयोग हुने गरेकोमा त्यस्ता भकारी बनाइ जीवनयापन गर्दै आएका दलितहरुको हाल केही वर्ष यता आधुनिक किसिमको बजारमा पाइने भकारी प्रति सर्वसाधारण जनताको आकर्षण बढ्दै गएपछि बाँसको भकारी बिक्री एकदमै न्यून भएको झापाको गौरीगञ्ज ६ का रामु साफी बताउछन् ।

साफीले भने, “अहिले साह्रै कम मान्छेले मात्रै भकारीको प्रयोग गर्न थालेका छन् । यसले त हाम्रो व्यवसायनै संकटमा परेको छ ।” बाँसको भकारी, सुप, डलिया लगायतका सामाग्री स्थानीय बजारमा बेचेर जीवन यापन गर्दै आएकोमा अब यो पेशाबाट पेट पाल्न गाह्रो हुन थालेको उनी बताउँछन् । आधूनिक युगको विस्तारैसंगै भकारी किन्नेको संख्या घट्दै जान थालेपछि अहिले धेरैले अन्य कामको खोजी गर्न थालेको साफीले सुनाए ।

झापा गौरादह ७ का किसान कणर् अधिकारी पहिलाको तुलानामा अहिलेका भकारी कमशल हुन थालेकालेपनि सर्बसाधारणको यस्ता भकारी तर्फ आकर्षण घटेको बताउछन् । “पहिलाका भकारी दह्रा हुन्थे । तर, अहिले बजारमा पाईने भकारी बाँसको भित्रि चोयाले बनाएको भेटिन्छ । यो दुई बर्षपनि टिक्दैन । अधिकारीले सुनाए । ”

तराई मधेशका गाउँघरमा धान गहुँ लगायत दाल दलहन भण्डारण गर्नका लागि प्रयोग गरिने बाँसको भकारी पछिल्लो समय लोप हुन थालेको छ । समय परिवर्तनसँगै मानिसहरूले अन्न भण्डारण गर्नका लागि बाँसको भकारीको सट्टामा बजारमा पाइने टिन तथा जस्तापाताका भकारीहरूको प्रयोग गर्न थालेपछि जीवनयापनका लागि बाँसको भकारी बनाएर बिक्री गर्दै आएका डुम समुदायको पुर्खौली पेशा नै संकटमा परेको छ ।

 

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

रामेछापमा रैथाने बाली संकटमा

रामेछाप,२९ साउन । रोजगारीका लागि काम गर्ने जनशक्ति बिदेसिने र गाउँबाट सहर पस्ने क्रम बढेसँगै रामेछापका खेतबारी बाझिँदै गएका छन् । खेतीयोग्य जमिनमा समेत श्रम

‘ग्यास अभाव छैन, आवश्यकता अनुसार मात्र खरिद गर्न सरकारको आग्रह’

काठमाडौं,२९ साउन । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले बजारमा एलपी ग्यासको आपूर्तिमा समस्या नरहेको भन्दै उपभोक्तालाई आवश्यकताअनुसार मात्रै ग्यास खरिद गर्न आग्रह गरेको छ ।शुक्रबार

’देउवाकै नेतृत्वमा कांग्रेस एकताबद्ध हुन्छ’ : रमेश लेखक

काठमाडौं,२९ साउन । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा एकताबद्ध हुने विश्वास व्यक्त गर्नु भएको छ । नेपाली कांग्रेस

स्वास्थ्य बीमाअन्तर्गत ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड भुक्तानी

काठमाडौं,२९ साउन । स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत विभिन्न जिल्लाका ३७६ स्वास्थ्य संस्थालाई ३ अर्ब ५६ करोड ८ लाख ९४ हजार ९६० रुपैयाँ ६९ पैसा भुक्तानी गरिएको

मर्यादित रोजगारी र नीतिगत सुधारमार्फत श्रम बजारलाई आकर्षक बनाइनेछ: श्रममन्त्री यादव

विराटनगर, मोरङ / युवा, श्रम तथा रोजगार मन्त्री माननीय रामजी यादवले युवाहरूलाई स्वदेशमै रोजगारीका पर्याप्त अवसरहरू सिर्जना गरी राष्ट्र निर्माणमा जोड्नका लागि मन्त्रालयले ऐतिहासिक नीतिगत