काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खस्यो।

रूपन्देहीबाट काठमाडौं आउँदै  गरेको बस त्रिशुली नदीमा खसेको छ।

 

सिद्धार्थ यातायातको लु २ ख २१२१ नम्बरको बस बिहान ४:४० बजे धादिङको गजुरी गाउँपालिका-५ घाटबेसीस्थित सडकबाट त्रिशूली नदीमा खसेको हो।

 

धादिङका डिएसपी सन्तुलाल जैसवारका अनुसार दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ३८ जनाको जीवितै उद्धार गरिएको छ।

 

दुर्घटनास्थलमा नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरी गरी १ सय जनाभन्दा बढी सुरक्षाकर्मी उद्धारमा खटिएको उनले बताए।

 

बस आफैं अनियन्त्रित भएर सडकबाट खसेको प्रारम्भिक अनुसन्धानमा देखिएको छ।

 

बस चालक लुम्बिनी संस्कृति नगरपालिका-९ का हरि राम रहेको र उनलाई नियन्त्रणमा लिएर दुर्घटनाबारे अनुसन्धान भइरहेको डिएसपी  जैसवारले बताए।

 

अहिले मृत्यु हुनेको संख्या ७ पुगेको छ।

 

बसमा कति यात्रु सवार थिए भन्नेबारे यकिन नभएको र मृतकहरूको सनाखत नभएको डिएसपी जैसवारले बताए।

 

Share:

Facebook
Twitter
Email
WhatsApp