दमक/
पछिल्लो समय सहकारीप्रति आम नागरीकमा अस्विस्वास बढिरहेको परिप्रेक्षमा झापाको दमकमा रहेको सुर्यदर्शन बचत तथा ऋण सहकारी सस्थाले त्यसलाई चीर्ने काम गरेको बताइएको छ ।
आज यो सस्थाको नया भवन उद्धघाटन गर्दै राष्ट्रिय सहकारी महासघंका अध्यक्ष ओमदेवी मल्लले यस्तो बताउनु भएको हो ।
केहि सहकारीहरुले गलत मनायस राखेर सस्था खोलेको र तीनहरुको खराव कृयाकलपाले समग्र सहकारी प्रतिनै प्रहार भइरहेको बेलामा सुर्यदशर्न बचत तथा ऋण सहकारी सस्था लि. दमकमले दमकको मुख्य बजारमा करोडौको भवनमा सरेर आफ्नो कारोबारलाई थप व्यवस्थित गर्न खोज्नु निकैनै सकरात्मक छ । यसले सरकारीप्रति देखिएका कहि भ्रमहरुलाई चिर्ने छ । ’ मल्लले बताउनु भयो ।
उहाँले सहकारीहरुमा देखिएको समस्याको पहिचान गरी तीनको दिगो समाधान गर्न सरकारका सबै तहसग महासघंले अध्यनसँगै वार्ता गरीरहेको बताउँदै उहाँले भन्नु भयो ‘सहकारीलाई उत्पादन र वितरणमा जोड्न आवश्यक कानुनको निर्माणमा सरकारलाई दवाव दिइरहेका छौ । सायद केहि समयमै यसले सफलता पाउने छ ।’
हेरौ भिडियोमा
दमक ६ स्थित मुख्य बजारमा सहकारीले आफुलाई स्थानन्तरण गरेको छ । यो सहकारी सबैभन्दा पहिला दमक ६ स्थित फर्निचर लाईनमा स्थापना भएको थियो । त्यसपछि आफ्नै भवन खरिद गरी दमक ६ कै थानारोडमा सरेको थियो ।
आफ्नो कारोबार अझ बिस्तार भएको र भर्खरै अर्को सहकारी देवदर्शन बचत तथा ऋण सहकारी सस्थासँग मर्ज समेत भएको यो सस्थाको कारोबार समेत बढ्न थालेपछि भइरहेको भवन साँधुरो भएको भन्दै फराकिलो र सुविधायूक्त भवनमा आफुलाई सारीएको सस्थाका अध्यक्ष टिकाराज सापकोटाले जानकारी दिनु भयो ।
सो अवसरमा दमक नगरपालीकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले पछिल्लो समय यस क्षेत्रका ठुला सहकारी भन्दा पनि साना सहकारीहरुमा समस्या देखिन थालेकोलेले त्यस्ता सहकारीहरुलाई बित्तिय सहयोग गरेर भएपनि जोगाउन अनुरोध गर्नु भयो ।
सहकारीहरुलाई पालिका सरकारको एकल प्रयासले मात्रै नियन्ण गर्न नसक्ने भन्दै सहकारी बिधि र निती अनुसार चल्ने हो भने समस्यानै सिर्जना नहुने भएकोले यसको सहि पालना गर्न तर्फ सबै सहकारीकर्मी, अभीयान्ताहरुलाई उप प्रमुखको अनुरोध थियो ।
भिडियोमा हेरौ
दमकको सुर्यदर्शन सहकारी नयाँ भवनमा सर्दा कस्ता दृष्य देखिए ? (youtube.com)