दमक/
पार्टिहरुको वडा कमिटी स्तरको पार्टि कार्यालयहरु निकै बिरलै मात्र भएको पाइन्छ । तर झापाको दमक स्थित वडा नं ५ मा भने यहाँको एमाले वडा कमिटीले आफ्नै भवन बनाउने भन्दै सिलान्यास गरेको छ ।
पार्टिका केन्द्रिय सदस्यहरु रोमनाथ ओली र गीता अधिकारीको उपस्थितीमा वडा कमिटीको पार्टि कार्यालयको सिलान्यास गरीएको वडा कमिटीका अध्यक्ष राजेन्द्र ढकालले जानकारी दिनु भयो ।
पार्टिका बिभिन्न गतिविध र जनवर्गीय संगठनलाई समेत आफ्ना कार्यक्रम बनाएर अघी बढ्न यो कार्यालय एक महत्वपूर्ण स्थान बन्न सक्ने सिलान्यास पछि बोल्खै केन्द्रिय सदस्य रोमना ओलीले बताउनु भयो ।
पार्टि अहिले आगामी निर्वाचन अर्थात मिसन २०८४ मा पार्टिको एकल महुमत ल्याउने गरी सांठनीक गतिबिधी अघी सारेको बताउँदै उहाँले भन्नु भयो ‘ पार्टिको निर्णयलाई सबैले पालना गरौ, पार्टिलाई आन्तरीक प्रहारबाट बचाई शशक्त ढंगले एक हुदै मिसन ८४ मा लाग्नुस ।’
स्थानीय सिताराम पोखरेलले सहुलीयत रकममा ११ धुर जग्गा उपलब्ध गराएको भन्दै उहाँलाई सबैले धन्ववाद व्यक्त गरेका थीए । पहिलो चरणमा एक तले भवन र भवनको माथीबाट ट्रस्ट समेत निर्माण गरीने भएकोले ३२ लाख रुपैँयामा यती काम सकिने अनुमान गरीएको अध्यक्ष ढकालले बताउनु भयो ।
पर्टिप्रति आस्थावान विभिन्न व्यक्ति, समुह तथा सस्थाहरुले सहयोग गर्ने प्रतिवद्धा भएकोले निर्माणको काम सुरु गरीएको उहाँले बताउनु भयो ।
४ महिना भीत्रैमा सकिने यो भवन पार्टिकै नाममा रहने भएकोले सहयोग गर्नेहरुलाई तहगत सम्मानको समेत व्यवस्था गरीएको ढकालको भनाई छ ।
भिडियोमा हेरौ