‘मेयरसावको मानसीक ‘टचर’ अती भयो’: दमक उप-प्रमुख

दमक/
गत अर्थात फागुन १० गते देखी १४ गते सम्म दमकभरी रहेका मेलमिलापकर्ताहरुको तालीम आयोजना भएको थियो ।

यो कार्यक्रम दमक नगरपालिकाको न्यायीक समिती अन्र्तगतको हो । यसले मेलमिलापकर्ताहरुलाई कसरी मुद्धा तथा समस्याहरुलाई सुल्झाउने भन्ने प्रकृयाका बारेमा सिकाउछ । वादी र प्रतिवादी दुवै पक्षलाई जीत जीतको भावना जगाएर कसरी न्याय मिलेको अनुभुत गराउने भन्नेबारेमा दमकका १० वटै मेलमिलापकर्ताहरुलाई प्रशिक्षण दिइने कार्यक्रम हो यो ।

यो कार्यक्रम दमक नगरपालिकामा विदेशी सस्थाको आर्थीक र प्राविधिक सहयोगमा हरेक वर्ष हुने गर्छ ।
स्थानीय विवाद निरुपण गर्न सहजताकालागी यस प्रकारको तालीम मेलमिलापकर्ताहरुलाई दिइने गरिन्छ ।

अहिले स्थानीय तहका न्यायिक समितिहलाई मेलमिलापको जिम्मेवारी दिइएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ४७ (२) ले समितिलाई केही मुद्दाको विवाद निरुपण मेलमिलापबाट गराउनु भनेको छ । सरकारी, सार्वजनिक वा सामुदायिकबाहेक हकका जग्गा अर्कोले च्यापेर, मिचेर वा घुसाएर खाएकोमा, आफ्नो हक नपुग्ने अरुको जग्गामा घर वा कुनै संरचना बनाएकोमा, पति पत्नीवीचको सम्बन्धि विच्छेद, अङ्गभङ्कबाहेकको बढीमा एक बर्षसम्म कैद हुन सक्ने कुटपिटका उजुरी गाली बेइज्जती र लुटपिटका समस्या मेलमिलापबाट समाधान गर्न दिइएका मुद्दा वा उजुरीको सूची हुन् ।

न्यायीक तथा मेलमिलाप सम्बन्धीका सबै काम मुलःत पालिकाका उप प्रमुख वा उपाध्यक्षको संयोजकत्वमा हुन्छ ।
तर दमकमा फागुन १० गते उद्धघाटन भइ १४ गते सम्पन्न भएको कार्यक्रममा भने केहि फरक दृष्य देखियो ।
समापन भएको दिनको कार्यक्रममा दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई अस्वथ्य भएर अस्पतालमा उपचार गराइरहनु भएको थियो ।
त्यो दिन नगर प्रमुखलाई कार्यक्रमको प्रमुख अतिथी भनेर बोलाइएको रहेछ ।
तर यहाँ प्रमुख अतिथी बनेर आउनु भएका प्रमुखले आफु नगरको सवोच्च निकाय भएकाले यो कार्यक्रम आफुको जानकारी बिनानै भएको भन्दै आक्रोस पोख्नु भयो ।

दमक नगरपालिकाको न्यायीक समिती आयोजक रहेको सो कार्यक्रममा आफु कसैको सट्टामा र कोहि नभ्याउदा गोठालो जस्तो बोलाउने बित्तिकै मेयर आइदि हाल्नु पर्ने, कसैको अभर टार्नु पर्ने त होईन होला नि मेयर भन्दै उहाँले आक्रोस पोख्नु भयो ।

साथै उहाँले कार्यक्रममा आर्थीक सहयोग गर्ने दातृ सस्थाले समेत नगरका प्रमुखलाई थाहनै नदिई कार्यक्रम गरेको भन्दै आक्रोस पोख्नु भएको थियो । उहाँले भन्नु भएको थियो ‘ क-कस्को उन्मादमा क-कस्ले केके कार्यक्रम आयोजना गरीदिएको हुन्छ अनी मेयर चाहि कुदिदिनु पर्ने भन्दै कार्यक्रमकै क्रममा बताउनु भयो ।

साथै उहाँले प्रायोजक गर्ने बिदेशी सस्थालाई समेत कसैलाई फोटो खिच्ने मञ्च चाइयो भन्ने बित्तिकै कार्यक्रम गरिदिहाल्ने कृयाकपला नगर्न चेतावनी दिनु भयो ।

‘यो उन्माद गराउने, प्रचारत्मक बनाउने यो काम राम्रो होईन भन्दै उहाँले यो कार्यक्रम नगरपालिका भित्रै गर्नु पर्ने र होटलमा गरेर बेथिती हुन म दिन्न। प्रमुख थापाले कार्यक्रमको सुभकामना मन्तव्य राख्दै भन्नु भयो ‘मेयर भनेको नगरको सर्वोच्च पद हो । यो कसैको अभर टार्दै रत्यौली खेल्ने मैदान होईन ।’

नगर प्रमुख थापाले कार्यक्रममै यस बारेमा कयौ गुनासा र आक्रोस पोखेपछि कार्यक्रममा सहभागीहरुले त्यसको प्रतिवाद गरेका थीए । उनीहरुले यस्ता कुरा नगरको आन्तरीक र भित्री समस्या भएको भन्दै भीत्रै सुल्झाउन सुझाव दिएका थीए ।

नगर प्रमुख थापाले यस प्रकारको अभिव्यक्ति सार्वजनिक कार्यक्रममै दिएपछि यसले आफुमा मानसीक शोषण भएको नगर पालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईको बुझाई छ ।

आफु बिरामी भएर सो कार्यक्रममा उपस्थित हुन नसक्दा र प्रमुख थापालाई कार्यक्रमको प्रमुख अतिथी बनी कार्यक्रम समापन गराइदिनु हुन अनुरोध गर्दा उल्टै आफुमाथी प्रहार भएको र यसले उप प्रमुखको अधिकार माथीनै नगर प्रमुखले धावा बोल्न खोज्नु भएको उहाँको ठम्याई छ ।

यो कार्यक्रम प्राकृतिक श्रोत द्धन्द रुपान्तरण केन्द्र नेपालको आयोजना र दमक नगरपालिकाको समन्वय तथा द एसीया फाण्उडेशन स्थानीय सरकार सवलीकरणको आर्थीक सहयोगमा भएको थियो ।

खास गरी स्थानीय सरकार सवलीकरण कार्यक्रम अन्तर्गत द एसीया फाण्उडेशनले दमक नगरपालिकाको स्थानीय कानुन, ऐन तथा, कार्यविधि निर्माण, जनप्रतिनिधीहरुलाई आ आफ्नो अधिकारको बारेमा समय समयमा प्रशिक्षण र विदेशका कार्यक्रममा सहभागी गराउने समेत गर्दै आएको छ ।

तर नगर प्रमुखको त्यस प्रकारको अभिव्यक्तिले यस्ता खाले कार्यक्रम अव के हुने हुन भन्ने अर्को चिन्ता समेत बढेको नगरपालिकाकी कार्यपालिका सदस्य तथा सामाजीक विकास समिती अध्यक्ष शारदा सापकोटाको भनाई छ ।

सो दिनको कार्यक्रममा मेलमिलाप कर्ताको तालिम लिन न्यायीक समितीका सदस्य, मेलमिलाप समितीका जनप्रतिनिधी, सामाजीक तथा राजनैतिक कर्मीहरुलाई मेलमिलापकर्ताको रुपमा रहेका छन् । १३६ जना जती सुचिकृत भएका छन् । सुचिकृत भएकाहरु मध्येबाट उच्च तालीमको छनौटमा परेका २७ जना तालीममा सहभागी गराइएको थियो ।

भीडियोमा हेरौ

https://youtu.be/HWL3sW0LxZ8

Share: