दमक/
अखिल नेपाल महिला सघं(अनेम सघं) लाई खास गरी आमाहरुको मात्रै संगठन हो भने बुझ्ने गरीएको छ ।
तर केहि वर्ष यता यहाँ छोरी तथा बुहारीहरुलाई समेत जिम्मेवारी दिएर नेतृत्व .विकास गराउने कार्यको सुरुवात भएको छ । त्यसलाई अझ प्रभावकारी बनाउन अनेमसघं भीत्रै अनेमसघं यूवा कमिटी भनेर नयाँ साङ्गठनीक संरचना निर्माण गरिएको छ ।
यहि अनुरुप यसको कोशी प्रदेश कमिटिको दोस्रो कार्यकालको कमिटी तयार पारीएको अनेम सघं केन्द्रिय सदस्य तथा यूवा कमिटोको केन्द्रिय सचिव सुवेच्छा अधिकारी सापकोटाले जानकारी दिनु भयो ।
शनिबार बिराटनगरमा सम्पन भएको अनेम सघं यूवा कमिटीको भेलाले झापा दमककी एलीजा सिटौलालाई अध्यक्ष बनाउँदै २५ सदस्यीय नयाँ कमिटी निर्माण गरिएको छ ।
अनेम सघंकी केन्द्रिय अध्यक्ष टुका हमालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको भेलाले उपाध्यक्षमा सुनसरीकि बिनिता कार्की, सचिवमा खोटाङकी पुजा रेग्मी, सह-सचिवमा उदयपुरकी रोजिना नेपाल र कोषाध्यक्षमा भोजपुरकी नमुना राईलाई चयन गरेको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी हमालले अनेम सघंमा यूवा महिलाहरुको आकर्षण गराउन यहाँ भीत्रनै यूवा कमिटी निर्माण गरीएका र यसलाई देशभ वडा स्तरका कमिटी निर्माण गर्दै यूवा महिलाहरुमा साङ्गठनीक आस्था र सकृयता बढाइने बताउनु भयो ।