दमककी सुमीत्रा भण्डारी मधेस प्रदेशको प्रदेश प्रमुखमा नियूक्त

दमक/
झापाको दमक ५ निवासी सुमीत्रा भण्डारी मधेश प्रदेशको प्रदेश प्रमुखमा नियूक्त हुनु भएको छ ।
उहाँलाई आज बसेको मन्त्रि परिषदको बैठकले प्रदेशको प्रमुखमा नियूक्त गरेको हो ।

सुचना तथा सञ्चार मन्त्री रेखा शर्माका अनुसार मधेसश प्रदेशको भण्डारी, अन्य दुईवटा प्रदेशको प्रदेश प्रमुखरुलाई पनि नियूक्ती गरिएको जानकारी दिनुभयो ।

सरकारका प्रवक्ता समेत रहनु भएकी मन्त्री शर्माका अनुसार गण्डकी प्रदेको प्रमुखमा डिल्लीराज भट्ट र सुदुरपश्चिम प्रदेशको प्रमुखमा नजिर मियाँलाई नियुक्तको सिफरिस गरेको छ ।

त्यहाँ हाल भइरहेका प्रदेश प्रमुखहरुलाई गठबन्धन बद्लिएसँगै बर्खास्त गर्ने पनि निणर्य गरिएको उहाँले जानकारी दिनुभयो ।

Share: