जेष्ठ नागरीकको स्वास्थ्य सम्बन्धीको जीम्मा दमक नगरपालिकाले लीन्छः उप प्रमुख भट्टराई(भिडियो हेरौ)

दमक/

झापाको दमकमा जेष्ठ नागरीकलाई निशुल्क दाँत र आखाको परिक्षण गराइएको छ । यहाँ रहेको जेष्ठ नागरीक सम्मान प्रतिष्ठानले स्वास्थ्य शिविरको आयोजना गरेर यो कार्यक्रम गरेको हो ।

जेष्ठ नागरीकहरुको दाँत कमजोर हुने र आँखामा समेत समस्या बढने कुरालाई मद्यनजर गरेर यो खाले शिविरको आयोजना गरीएको प्रतिष्ठानका अध्यक्ष दुर्गा पौडेलले जानकारी दिनु भयो । जेष्ठ नागकरीकको स्वास्थ्य अवस्थामा ध्यान दिदै यस खाले कार्यक्रमलाई निरन्तर्ता दिइने उहाँले प्रतिवद्धता जनाउनु भयो । साथै दमकमा जेष्ठ नागकरीकको अनुभवालई नया पुस्तासँग साट्ने कार्यक्रम समेत ल्याइने उहाँले सो अवसरमा बताउनु पनि भएको थियो ।

दमकका जेष्ठ नागरीकलाई यहाँको पालिका सरकारले समेत सम्पत्तीको रुपमा लिएको बताउँदै दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराई प्रसाईले भन्नु भयो ‘जेष्ठ नागरीकको हरेक समस्याको समाधान गर्न नगरपालिका तयार छ । यहाँ शिविरमा स्वास्थ्य परिक्षण गराएर कसैको थप उपचार गर्नु पर्यो भने दमक नगरपालिकाको तर्फबाट गराइने छ । हरेक जेष्ठ नागकरीकको स्वास्थ्य सुरक्षा गर्ने जिम्मा नगरले लिएको छ । ’ उहाँले जेष्ठ नागरीककै स्वास्थ्य र उपचारमा नगरपालिकाले ध्यान दिएर घर घरमा विवषेज्ञ चिकित्सक सहितको कार्यक्रम समेत ल्याएको बताउनु भयो ।

 

शिविरमा दाँतको परिक्षण गर्न दमक ५ बेलडाँगी रोडमा रहेको ओम शान्ती डेण्टल हस्पिटलको प्राविधिक सहयोग रहेको थियो भने आँखा परिक्षण गर्न बिर्र्ताज्योती आँखा अस्पतालले गरेको थियो । शिविरमा गएका सबै बिरामीलाई थप उपचार गर्नु परेमा शिविरकै दिन अस्पताल गएमा ३० प्रतिशत र अन्य दिन गएमा २० प्रतिशत छुटको समेत सुविधा रहेको ओम शान्त्ती डेण्टल हस्पिटललका व्यवस्थापक कमल गैरेले जानकारी दिनुभयो । शिवरमा १०४ जाना जेष्ठ नागरीकले दाँतको र २४० जनाले आँखाको परिक्षण गराएका थीए ।

भिडियो हेरौ

https://youtu.be/a38eWlLHxMU

Share: