कांग्रेसलाई ओलीको प्रश्न- पोहोर उफ्रिउफ्रि समर्थन गर्ने, अहिले किन नगर्ने ?

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अघिल्लो पटक हौसियर प्रधानमन्त्री प्रचण्डलाई समर्थन गरेको कांग्रेसलाई अहिले पनि समर्थन गर्न आग्रह गरेका छन् ।

 

प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले भने, ‘मैले प्रचण्डजीलाई प्रधानमन्त्री बनाएको थिएँ । कांग्रेस हौसिएर नयाँ ब्याट्री हालेजस्तो गरेर समर्थन गर्नुभएको छ । पोहोर समर्थन गर्न हुने अहिले चाहिँ किन नहुने ? पोहोर समर्थन गर्नुभएको थियो उफ्रिउफ्रि । त्यसबेला कांग्रेस सरकारमा त थिएन । भित्र के थियो । मलाई थाहा छैन । अस्ति रमेश लेखकको भाषणा सुन्दा त कांग्रेस छलछाम गर्दैगर्दैन नि होइन ?’

 

उनले कांग्रेसले राम्रो काम गरेको जस अरुलाई नदिने भएपनि नयाँ समीकरण बनाएको जस प्रचण्ड र आफूलाई दिन आग्रह गरे ।

Share:

Facebook
Twitter
Email
WhatsApp