दमकमा ४ वर्षदेखी वेवारीसे झोर्लुङ्गे पुल (भिडियो रिपोर्ट)

दमक/
झोर्लुङ्गे पुल बन्ने यो निर्माणाधीन स्थल । यहाँ यसकालागी आवश्यक पर्ने सामानहरु यत्रतत्र छरीएका छन् । यसरी छरिएका सामाग्रीको कुनै संरक्षण छैन । राज्यको ढुकुटिबाट खरिद गरिएका यी सामान हराए, चोरी भएपनि कसैलाई कुनै प्रवाह छैन । हो यहाँ कसैलाई केहि मतलव छैन ।

यो झेर्लुङ्गे पुल निर्माण भइरहेको स्थल हो दमक नगरपालिका वडा नं ३ स्थित ढुङ्गे । यहाँको मावा नदिमा । यहाँबाट दमक र मधुमल्ला जोड्न झेर्लुङ्गे पुल बनाउन भन्दै सिलान्यास गरीएको ४ वर्ष भन्दा बढि भइसक्यो ।

१८ महिनामै सक्नु पर्ने यो झोर्लुङ्गे पुल निर्माणको काम ४८ महिना भन्दा बढि भइसक्दा समेत अझै अघि बढ्न सकेको छैन । यसरी निर्माण समयमै नहुनु न बजेटको अभाव हो , न स्थानीयको अवरोध हो । हो त मात्रै यसको काम गर्न जिम्मा लीएको ठेकेदार कम्पनीको वेवास्था हो । बे मतलव हो । जानाजानको ढिलासुस्ती हो यो । अनी त्यो ठेकेदार कम्पनीको नाम हो जगदम्वा जेवी । देशका बिभिन्न स्थानामा ठुल ठुला योजनाको ठेक्का लीने । अनी समयमा काम सम्पन्न नगर्ने । ठेकेदारहरुको यो नौलो बानी होईन । तर यसको सरकारी सुपरभिजन गर्ने निकाय मुकदर्शक बनीदिदा यस्ता ठेकेदार आयोजना अलपत्र पारेर बिन्दासमा हिड्ने गर्छन ।

यहाँका स्थानीयबासी भन्छन्‘ ढुङ्गे समृद्धि टोल झापा, मोरङ र इलामको सङ्गम स्थल हो । यो झोर्लुङ्गे पुल बन्छ भन्ने ठुलो आशा थियो । तर ठेकेदारले अलपत्र पारिदियो । ’ स्थानीय बासि धिरेन श्रेष्ठका अनुसार यो पुल नहुदा वर्खाको समयमा तीन महिना वारी पारी आवत जावतनै बन्द हुन्छ । सरकारले नियमीत बजेट दिइरहेको भएपनि ठेकेदारले पुल अलपत्र पारीदिए । ्
झोर्लुङ्गे पुल बनाउन आवश्यक पर्ने सामानहरु अहिले हराइरहेका छन् । संरक्षण गर्न कोहि आएका छैनन । एक दिन होईन,एक महिना होईन । वर्षौ देखी यहाँ काम गर्ने गरी आएका छैनन । स्थानीय शान्ती रुपमाया राईका अनुसार यहाँ पुल बनाउन ल्याएका सामानहरु हरेक दिन हराइरहेका छन् । कतिपय त खोलाले बगाएर पनि लगेको छ । लामो समय देखी काम गर्नेहरु आएका छन् । पहिला आएकाहरुले स्थानीयको घरमा बसेर भात खाएको पैसा पनि तिरेका छैनन । स्थानीयलाई यो योजनाले सहजता दिन्छ भनेको त अझ अप्ठ्यारो बनाइरहेको राईको भनाई छ ।
२०७६ साल साउन महिनामा यो पुल बनाउने भनेर सम्झौता भएको थियो । १८ महिनामा बनाइसक्ने सर्तमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय अन्तर्गतको झोर्लुङ्गे पुल महाशाखासँग सम्झौता भएको भएपनि काम समयमा सकिएन । यसरी अलपत्र पारीएको पुल निर्माण सम्पन्न गराउन स्थानीय जनप्रतिनिधीले चासो र चिन्ता लिदै सम्बन्धीत बिभाग र मन्त्रालयमा फलोअप गरीरहेको वडा नं ३ का वडाध्यक्ष नबिन बरालले बताउनु भयो ।
१ करोड ९० लाख ५२ हजार रुपैँयाको यो बजेटमा बनाउनु पर्ने यो पुल अव चाहि यहि आर्थीक वर्षभित्र निर्माण सम्पन्न गराउने पहल भइरहेको पुल महाखाका प्रमुख इन्जिनियर कुमार थापाले जानकारी दिनु भयो । उहाँले भन्नु भयो ‘हामीले पछिल्लो समय ठेकेदार कम्पनीलाई काम नगर्ने भए ठेक्का तोड्छौ भनेर दवाद दिएपछि काम सुरु गर्ने कुरा भएको छ । यहि आर्थीक वर्ष भित्रमा सम्पन्न गराउने गरी काममा लगाउन थालीएको इन्जिनियर थापाले बताउनु भयो ।
थापाका अनुसार यो पुल निर्माणको काम ६० प्रतिशत सकिएको छ । अव फिटिङको मात्रै काम बाँकी रहेकोले केहि महिना भित्रै योजना सम्पन्न भएर अस्तान्तरण हुन सक्ने वातावरण बनाइएको छ ।

भिडियोमा हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp