‘‘सेवानै धर्म हो धर्मनै सस्कार हो’’,व्यक्ति व्यक्तिलाई सस्कारयूक्त बनाउने दमकमा अभियान चलाईने(भिडियो)

दमक/
झापाको दमकमा अव व्यक्ति व्यक्तिलाई संसस्कार सिकाउने अभियान चलाइने भइएको छ । ‘सेवानै धर्म हो धर्मनै सस्कार नै धर्म हो भन्ने संकल्पका साथ यो अभियान चलाइने आज एक औपचारीक गरी घोषणा गरीएको छ ।

दमकमा रहेको श्री राधाकृष्ण रथयात्रा व्यवस्थापन समितीले यो अभियान चलायने जानकारी आज यसका अध्यक्ष रोहित आचार्यले दिनु भयो ।

समितीको पहिलो साधारणसभामा आफ्नो भावि योजना अघि सार्दै अध्यक्ष आचार्यले भन्नु भयो ‘ सेवानै धर्म हो धर्म नै सस्कार हो । व्यक्ति व्यक्तिलाई सस्रकायूक्त बनाउने वातावरण बनाउने र त्यसको विकास गर्ने हो भने समाज स्वःत समृद्धिको बाटो तर्फ उन्मुख हुन्छ ।’

यो काम गर्न अहिलेको राधाकृष्ण व्यवस्थापन समितीले नेतृत्वदायी काम गर्न तयार रहेको र यसमा सबै वर्ग, समुदायलाई जोड्ने हो भने समाजलाई सकरात्मक गतीमा लैजान सकिने उहाँको ठहर छ ।

 

(भिडियो)

नयाँ बनेको समितीमा कोको ?

श्रीकृष्ण रथायात्रा ब्यवस्थापन समिति दमक झापाको प्रथम साधारण सभा सम्पन्न भएको छ । शनिवार सम्पन्न सभाले १३ सदस्यीय समिति चयन गरेको छ ।

 

जसको अध्यक्ष रोहित आचार्य, उपाध्यक्ष सुनिल अग्रवाल, सचिव प्रेम भट्टराई, सह सचिव कृष्णप्रसाद अधिकारी र कोषाध्यक्ष इन्दु बस्नेत चयन भएका छन् । समितिको सदस्यहरुमा लक्ष्मण श्रेष्ठ, रामप्रसाद चाम्लिङ, सीमा अग्रवाल, गायत्रा लामिछाने, पारश आचार्य, देवी गिरी, हरी अधिकारी र शेखर खड्का रहेका छन् ।

 

 

Share:

Facebook
Twitter
Email
WhatsApp