दमकको फर्नीचर उद्योगमा लागेको आगलागीबाट कति भयो क्षती?

दमक/
झापाको दमक ८ स्थित एक काठ उद्योगमा आगलागी भएको छ । स्थानीय टपन सरकार र जागीर अलामले सञ्चाल गर्नुभएको कृष्टल फर्निचर उद्योगमा आज साझ आगलागी भएको हो ।

आगलागीबाट उद्योगको सम्पूर्ण संरचना नष्ट भएको छ भने उद्योग भित्र राखीएका काष्ठजन्य अन्य कच्चा सामाग्रीहरु पनि नष्ट भएका छन् ।

स्थानीय जनप्रतिनीधी वडाध्यक्ष धर्मप्रसाद दाहाल(दिपेश)का अनुसार करिव ५ लाख जतीको क्षती भएको छ । ‘समयमै दमक आएकोले आगो अन्त फैलन नपाएको र क्षती पनि कम गराएको हो । ’

वडाध्यक्ष दाहालले भन्नु भयो ‘स्थानीयबासीको सकृयता र सहयोगले गर्दा आगो बाहिर फैलन पाएर र क्षती बढ्न सकेन ।

रामदान मनाउन गएको बेला सो उद्योगमा कोहि नभएको समयमा विद्युत सर्ट भइ लागेको आगो दमकका दुईवटा र कमलको एउटा दमकलको मद्यतमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

Share:

Facebook
Twitter
Email
WhatsApp