महाराको ओरालो यात्रा, जो पक्राउ पर्छन पटक पटक अनी छुटिपनि हाल्छन्, यो पटक के होला?

काठमाडौ/
नेकपा माओवादी केन्द्रका उपाध्यक्ष समेत रहेका कृष्णबहादुर महरा साढे चार वर्षको अवधिमा दोस्रो पटक पक्राउ परेका छन् । उनी फरक फरक मुद्दामा यो अवधिमा पक्राउ परेका हुन् । पहिलो पटक पक्राउ पर्दा उनी १३३ दिन थुनामा बसेका थिए ।

 

पूर्वसभामुख समेत रहेका नेता महरा पहिलो पटक २०७६ साल असोज १९ गते बलात्कार आरोपमा काठमाडौँबाट पक्राउ परेका थिए । दोस्रो पटक उनी सोमबार रुपन्देहीको भैरहवाबाट पक्राउ परेका हुन् । महरालाई सोमबार नै भैरहवाबाट काठमाडौँ ल्याएर अनुसन्धन प्रक्रिया अघि बढाइएको छ ।

 

इलेक्ट्रिक चुरोट ‘भेप’मा लुकाएर सुन तस्करी गरेको घटनामा महराको ‘कनेक्सन’ देखिएको छ । केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले महराको बयान कागज गराए पनि प्रतिवादी कायम नगरीकन अनुसन्धान प्रतिवेदन बुझाएको थियो । चिनियाँ नागरिकले दुबईबाट ल्याएर भन्सारमा रोकिएको ‘भेप’ छुटाउन आफूले तत्कालीन भन्सार प्रमुखलाई ‘फोन मात्रै गरेको’ महराले यसअघि अनुसन्धान अधिकृतहरुसँग बताएका थिए । सीआईबीका अनुसन्धान अधिकृतहरूसँग महराले चिनियाँ सुन तस्कर दाओजिन वाङसँग आफ्नो पुरानो चिनजान रहेको भने स्विकारेका थिए । यसैगरी सो प्रकरणमा महरासँग सुन तस्करी जाँचबुझ आयोगले पनि बयान लिएको थियो ।

 

जाँचबुझ आयोगले गत बिहीबार बुझाएको प्रतिवेदन नेपाल प्रहरी हुँदै केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)मा पुगेपछि महरा पक्राउ परेका हुन् । जुन प्रतिवेदनमा महराविरुद्ध मुद्दा चलाउन सिफारिस गरिएको छ । नेता महराका छोरा राहुल पनि सोही प्रकरणमा पक्राउ परी पुर्पक्षका लागि थुनामा छन् ।

Share:

Facebook
Twitter
Email
WhatsApp