दमकमा बन्यो ६ महिनाभित्र एउटै खोलामा दुईवटा पुल (भिडियोमा हेरौ)

दमक/
दमक ३ स्थित ढुङ्गेमा रहेको दुधे खोला । यहाँ खास गरी बर्खा याममा ठुलो भेल आउँछ । यहाँ आएको भेलका कारण वारी र पारीको सम्पर्कनै टुटाइ दिन्छ । विद्यार्थीहरु विद्यालय जान रोकिन्छन । कोहि बिरामी भएभने समययमा उपचार पाउन गाह्रो ।

 

यो समस्या झापाको दमक ३ स्थित दुधे ढुङ्गे क्षेत्रका नागरीकको हो । किनकी यहाँ दुधे नाम गरेको खहरे खोला छ । बर्खा याममा यसमा उर्लेर आउने भेलले यहाँका मानीसहरु आजीत भएका थीए ।

 

स्थानीयबासी सुवास केसीका अनुसार यहाँको दुम्से सिरानमा रहेको हात्ती खरे खोलामा बर्खामा थेगीनसक्नुको बाढि आउँछ । बाढि आएकाबेला सबै आवागमन ठप्प हुन्थ्यो । तर अव भने त्यो समस्या हटेको छ । ’ केसी भन्नु हुन्छ अव त पक्की पुल बन्यो, सबै समास्याको समाधान भइ हाल्यो । ’

यही ठाउँ अर्थात ओम शान्त्ती चोकमै घर हुनु भएकी पुष्पा राईका अनुसार अव यहाँ जस्तोसुकै भेल बाडी आएपनि आवागमनमा कुनै अवरोध हुदैन ।बालबालिकाको पढाई रोकिदैन । ढुक्कका साथ बस्न पाइयो । किनकी यहाँ स्थानियबासीहरको सकृयतामा पक्की पुल बनेको छ ।

 

आयोजनाको नाम ढुङ्गे कल्भर्ट निर्माण दमक ३, आयोजनाको कुल लागत १८ लाख ९३ हजार । यसमा स्थानीय बासी आफैले ३ लाख ९३ हजार बराबरको श्रमदान गरे । बाँकी बजेट दमक नगरपालिका वडा नं ३ मार्फत नगरपालिकाले बिनियोजन गरिदियो । अनी बन्यो यो खोलाको दुई ठाउँमा पक्की पुल । वडाध्यक्ष नबिन बराल भन्नु हुन्छ ‘ उपभोक्तको सकृयता र लगनशिलताका कारण पनि कम बजेटमा दुई वटा पुल त्यो पनि समयमै सम्पन्न हुन सकेका हुन ।

 

यहाँ पुल बनेपछि यस क्षेत्रका स्थानीयबासीको दैनिकीमा सहजता आएको छ । २०८० कार्तिक २१ गते यी काम सम्पन्न गर्न नगरपालिकामा सम्झौता भएको थियो र गत जेष्ठ २१ गते अर्थात ६ महिनामै दुईवटा पुल निर्माण सम्पन्न गरी योजना हस्तान्तरण समेत गरिकिएको छ ।

भिडियोमा हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp