टिपर दुर्घटना चालकको चार घण्टापछि उद्धार

Screenshot_19-3-2024_115541_purbelinews.com

मकवानपुरको भीमफेदीमा टिपर दुर्घटनामा च्यापिएका चालकको झण्डै चार घण्टापछि उद्धार गरिएको छ। च्यापिएको अवस्थामा रहेका चालक हेटौँडा १५ का ४३ वर्षीय वीरबहादुर वाइवाको जीवितै उद्धार गरिएको हो।

सोमबार रिद्धिसिद्धि सिमेन्ट फ्याक्ट्रीको ढुङ्गाखानीबाट ढुङ्गा लिएर फ्याक्ट्रीतर्फ आउँदै गरेको ना ८ ख ८९१० नम्बरको ट्रिपर आफैँ अनियन्त्रित भई सडकबाट अन्दाजी २० मिटर तल खसेको थियो।

टिपर च्यापिएको अवस्थामा नेपाली सेनाको हाइड्रो, सेनाको प्राविधिक टोली, २ वटा जेसिवीको सहायताले साढे तीन घण्टापछि उद्धार गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

वाइवाको हात भाँचिएको र कम्मरभन्दा मुनि चोट रहेको जनाइएको छ। उनलाई उपचारका लागि हेटौंडा अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी प्रवक्ता डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिए।

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

३ करोड ६१ लाखको सामानसहित तीन भारतीय कन्टेनर नियन्त्रणमा

दमक, ५ जेठ / झापाको बिर्तामोड नगरपालिकास्थित नागरमोडे क्षेत्रबाट प्रहरीले करिब ३ करोड ६१ लाख बराबरको अवैध सामानसहित तीनवटा भारतीय नम्बर प्लेटका कन्टेनरलाई नियन्त्रणमा लिएको