दमकमा मकै रोप्ने मेसिनले किसानलाई भएको यो सजिलो (भिडियोमा हेरौ)

दमक/
झापाको दमक ३ कि रञ्जुमाया निरौलाको ५ कट्ठा आफ्नै जमिन छ । उहाँको जमिनमा मकै, गहु, धान तथा अन्य खाद्य बालीहरु फल्छ । हरेक वर्ष बिभिन्न फसल लगाउदै आउनु भएको छ । खेत जोत्न ट्याक्टरको सुविधा छ । तर पछिल्लो समय कान रोप्न पनि बिभिन्न मेसिन तथा उपकरण आएका छन् । तर ती मेसिन किनेर राख्न एउटै परिवारलाई उती सहज हुदैन ।

तर उहाँको टोलमा अहिले मकै रोप्ने मेसिन चाहि छ । पहिला पहिला अघी अघी हली , पछि पछि मकै छर्ने अर्को एक जना मान्छे चाहिन्थ्यो । मकै झोलामा बोकेर जोतीएको भागमा ग्याप राख्दै मकै छर्नु पथ्र्यो । तर अव भने त्यो बाध्यता हटेको छ । किनकी एक पटक ट्याक्टर जोतिसकेको माटोमा बिना हली एकै जनाले त्यो पनि क्षणभरमै रोपिने मेसिन छ । र कामामा छिटो पनि हुने उहाँको अनुभव छ ।

यस्तै यहि ठाउँका नरेन्द्र बहादुर अधिकारीको पनि ६ कट्ठा जमिन आफ्नै छ । उहाँले पनि बिभिन्न फसल लगाएर आफ्नो परिवार पालीरहनु भएको छ । मुख्य पेषा नै कृषि रहेकोले यसलाई आधुनिकीकरण गर्दै लैजाने मन उहाँमा पनि छ । तर आधुनिकीकरण गर्न त्यहि अनुसारका मौसीन तथा उपकरण खरिद गर्नु पयो । त्यो आम किसानमा सम्भव पनि हुदैन ।

 

त्यसैले उहाँ भन्नु हुन्छ यो पटक हामीलाई वडाले निशुल्क रुपमा मकै रोप्ने मेसिन दिएको छ । यसले अव छिटो काम निकाल्न र धेरै ठाउँमा मकै लगाएर आफ्नो उत्पादन बढाउन सक्छौ ।

दमकको ३ नम्बर वडा को अधिकांश क्षेत्र कृषिमा केन्द्रित छ । त्यसैले यहाँका हरेक किसानलाई व्यवसायीक बनाउन आवश्यक छ । व्यवसायीक बनाउन प्रविधिसँग जोड्नै पर्छ । वडाले यसैको सुरुवात गर्न भन्दै पहिलो चरणमा मकै रोप्ने मेसिन यहाँ रहेका सबै टोल विकास सस्थाहरुलाई एक साथ प्रदान गरेको यहाँकी महिला सदस्य टिका ठटालको भनाई छ ।

वडाले यहाँ रहेका ७१ वटा टोल विकास सस्थाहरुलाई एक एक थान मकै रोप्ने मेसिन दिएको थियो । कुल ३ लाख रुपैँयाको बजेटबाट यहाँ रहेका किसानलाई मकै रोप्ने काममा सहज होस भन्न यस प्रकारको मेसिन दिइएको वडाध्यक्ष नबिन बरालले जानकारी दिनु भयो ।

 

वितरीत यी मेसिन २ वर्ष सम्म बिग्रेमा मर्मत गरिदिने सर्त वडाले यसको सप्लायर्स कम्पनीसँग गरेको जनाइएको छ ।

भिडियोमा हेरौ

 

Share: