“मनसरा“को फस्ट लुक्स सार्वजनिक (भिडियोमा हेरौ)

दमक/
बहुप्रतीक्ष नेपाली कथानक चलिभित्र मनसराको ‘फस्ट लुक्स’ सार्वजनिक भएको छ ।

आगामी वर्ष २०८१ को बैशाख २१ गतेबाट देशभर प्रदर्शनमा आउने चलचित्रको फस्ट लुक्स सार्वजनिक भएसँगै सकरात्मक र उत्प्रेरक प्रतिकृया समेत आइरहेको यसका कार्यकारी निर्माता सिजन दाहालले जानकारी दिनुभयो ।

मनसरामा दयाहाङ राई, मिरुना मगर, प्रवीण खतिवडा र मेनुका प्रधानको मुख्य भुमिका रहेको छ ।

पूर्वका केहि क्षेत्रमा समेत छायंकन भएको यो चलचित्रले कस्तो कथा बोल्छ भनी दाहाललाई प्रश्न गर्दा उहाँले भन्नु भयो ‘मनसरा एक प्रकारको धानको प्रजाती हो ।लोकको विश्वास के छ भनेँ मनसरा एक्लै फल्दैन । अरु कुनै बिउसँग मिसाएर रोप्नु पर्छ ।

धेरैले यसलाई ’फौडेल मनसरा’, ’अठिया मनसरा’ पनि भन्ने गर्छन् । तर चलचित्र मनसराले मनसराको आफ्नो स्वतन्त्र अस्तित्व छ भन्छ ।’
चलचित्र उपेन्द्र सुब्बाले निर्देशन गर्नु भएको हो ।

टेजरको भिडियो हेरौ

MANSARRA ||Official Teaser|Dayahang Rai|Miruna Magar||Praveen Khatiwada||Menuka Pradhan||Shanti Giri (youtube.com)

 

Share:

Facebook
Twitter
Email
WhatsApp