"चियाबारीमा मौलिक पहिरनमा फोटो खिचाउन तँछाडमछाड"

कन्याममा आन्तरिक पर्यटकको दिनहुँ घुइँचो

इलाम — पूर्वमा घुमघामका लागि उम्दा स्थल कन्याममा आन्तरिक पर्यटकको दिनहुँ घुइँचो हुन्छ । थुम्काथुम्का डाँडाकाँडामा हराभरा चियाबारीले सजिएको कन्याम त्यसै पनि मनमोहक छ । चियाबारीमा घुमफिर, घोडसवार र विभिन्न जातजातिको मौलिक पहिरनमा फोटो खिचाउनेको तँछाडमछाड हुने कन्याममा अर्को आकर्षण पनि थपिएको छ । मेची राजमार्गलाई चौडा पार्दै वरिपरि चिटिक्कै सिंगारिएको कन्यामको मध्यभागमा रहेको पार्कमा ‘कन्याम’ लेखिएको छ । त्यही स्थानमा तस्बिर खिच्न कहिलेकाहीं त घण्टौं पर्खनुपर्छ । पृष्ठभूमिमा हराभरा चियाबारी देखिने र कन्याम पुगेको प्रमाणकै लागि पनि फोटो खिचाउने झुमिन्छन् । कन्याम उसै पनि इलामको प्रमुख पर्यटकीय स्थल हो ।

पछिल्लो समय राजमार्गको विस्तार, पार्किङ स्थल व्यवस्थापन सारसज्जालगायतले कन्याममा पर्यटकलाई मन बहलाउन थप सहज भएको छ ।सूर्योदय नगरपालिकाकै फिक्कल नजिक सिमपानीमा पनि राजमार्गको भित्तामा ‘फिक्कल’ लेखिएको छ । यसअघि कुनै चहलपहल नहुने यो क्षेत्र एउटा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । कोरोनाको दोस्रो लहर कम हुँदै गए पछि नगरपालिकाले पर्यटकको ध्यान तान्न यो कलात्मक सोचको प्रयोग गरेको हो । अहिले यस क्षेत्रमा स-साना होटलसमेत खुलेका छन् । फिक्कल लेखिएको ठाउँमा फोटो खिचाउनेको बाक्लै उपस्थिति हुन्छ ।
सदरमुकाम इलाम बजारको ऐतिहासिक चियाबारीभित्र हातको आकृति बनाइएको छ ।

चियाबारीको लभडाँडा भनेर चिनिने थलोमा पञ्जा फिँजाएको हातमा चढेर तस्बिर लिनेमा बच्चादेखि तन्नेरीसम्म हुन्छन् । १९२० सालमा नै मुलुकमै पहिलो पटक चिया रोपिएको यो क्षेत्र ऐतिहासिक र प्राकृतिक रूपले महत्त्वपूणर् छ ।
घुमघाम र खोजकर्ताका लागि देशी विदेशीहरू चिया बगान घुम्न छुटाउँदैनन् । ‘इलाम नगरपालिकाले सम्भाव्य स्थानमा पर्यटक लोभ्याउने संरचना निर्माण गरिरहेको छ,’ मेयर महेश बस्नेतले भने, ‘बजार क्षेत्रको फोहोर फाल्ने खोल्सीलाई संरक्षण गरेर पर्यटकीय र अन्य पूर्वाधार बनाउनेदेखि बालबालिकालाई मनोरञ्जन दिने पार्क अनि तन्नेरी पुस्ताको आकर्षणमा पर्ने पूर्वाधार निर्माणमा जुटेका छौं ।’इलाम — पूर्वमा घुमघामका लागि उम्दा स्थल कन्याममा आन्तरिक पर्यटकको दिनहुँ घुइँचो हुन्छ ।

थुम्काथुम्का डाँडाकाँडामा हराभरा चियाबारीले सजिएको कन्याम त्यसै पनि मनमोहक छ ।

इलामको कन्याममा रमाउँदै आन्तरिक पर्यटक । तस्बिर ः पर्वत पोर्तेल/कान्तिपुर
चियाबारीमा घुमफिर, घोडसवार र विभिन्न जातजातिको मौलिक पहिरनमा फोटो खिचाउनेको तँछाडमछाड हुने कन्याममा अर्को आकर्षण पनि थपिएको छ । मेची राजमार्गलाई चौडा पार्दै वरिपरि चिटिक्कै सिंगारिएको कन्यामको मध्यभागमा रहेको पार्कमा ‘कन्याम’ लेखिएको छ । त्यही स्थानमा तस्बिर खिच्न कहिलेकाहीं त घण्टौं पर्खनुपर्छ । पृष्ठभूमिमा हराभरा चियाबारी देखिने र कन्याम पुगेको प्रमाणकै लागि पनि फोटो खिचाउने झुमिन्छन् । कन्याम उसै पनि इलामको प्रमुख पर्यटकीय स्थल हो । पछिल्लो समय राजमार्गको विस्तार, पार्किङ स्थल व्यवस्थापन सारसज्जालगायतले कन्याममा पर्यटकलाई मन बहलाउन थप सहज भएको छ ।

सूर्योदय नगरपालिकाकै फिक्कल नजिक सिमपानीमा पनि राजमार्गको भित्तामा ‘फिक्कल’ लेखिएको छ । यसअघि कुनै चहलपहल नहुने यो क्षेत्र एउटा पर्यटकीय गन्तव्यका रूपमा विकास हुन थालेको छ । कोरोनाको दोस्रो लहर कम हुँदै गए पछि नगरपालिकाले पर्यटकको ध्यान तान्न यो कलात्मक सोचको प्रयोग गरेको हो । अहिले यस क्षेत्रमा स-साना होटलसमेत खुलेका छन् । फिक्कल लेखिएको ठाउँमा फोटो खिचाउनेको बाक्लै उपस्थिति हुन्छ ।
सदरमुकाम इलाम बजारको ऐतिहासिक चियाबारीभित्र हातको आकृति बनाइएको छ । चियाबारीको लभडाँडा भनेर चिनिने थलोमा पञ्जा फिँजाएको हातमा चढेर तस्बिर लिनेमा बच्चादेखि तन्नेरीसम्म हुन्छन् । १९२० सालमा नै मुलुकमै पहिलो पटक चिया रोपिएको यो क्षेत्र ऐतिहासिक र प्राकृतिक रूपले महत्त्वपूणर् छ ।

घुमघाम र खोजकर्ताका लागि देशी विदेशीहरू चिया बगान घुम्न छुटाउँदैनन् । ‘इलाम नगरपालिकाले सम्भाव्य स्थानमा पर्यटक लोभ्याउने संरचना निर्माण गरिरहेको छ,’ मेयर महेश बस्नेतले भने, ‘बजार क्षेत्रको फोहोर फाल्ने खोल्सीलाई संरक्षण गरेर पर्यटकीय र अन्य पूर्वाधार बनाउनेदेखि बालबालिकालाई मनोरञ्जन दिने पार्क अनि तन्नेरी पुस्ताको आकर्षणमा पर्ने पूर्वाधार निर्माणमा जुटेका छौं ।’

चियाबारीबीच बनाइएको पदमार्ग, पोखरीलगायतले पनि आगन्तुकको समय लम्याउन साथ दिएको छ । इलाम बजार नजिकको भालुढुंगा बनाइएको सेल्फी फ्रेमले पनि धेरैलाई फोटो सेसनका लागि सहजता बनाएको छ । लभ साइनको फ्रेममा फोटो खिच्नेको लागि बाक्लो उपस्थिति हुने गरेको भालुढुंगा पर्यटन समितिका हरि गुरुङले बताए ।

Share: