दमक/
सुनसरीको इटहरी स्थित माया घर नेपाल । यहाँ .सडक मानवहरु बस्छन् । यहाँ आउनेहरु आफै आएका हुदैनन । सडकमा बेबारीसे भएर बसेकाहरुलाई यहाँ साहरा दिएर राखीएको हुन्छ । त्यस्ता मानवहरु माया घर सकभर बस्न पन पराउदैनन । किनकी यहाँ भित्र बसेपछि यहाँको निमय पालना गर्नु सडक मानवलाई घर मानव बनाउन बिभिन्न कार्यक्रममा सहभागी गराइन्छ । र एक असल नागरीक बनाएर मात्रै यहाँबाट बिदा गरिन्छ ।
बाहिर बस्दा आफुलाई जहाँ मन लाग्यो त्यही जाने , जसले जे दियो त्यहि खाने , जहाँ सुत्न मन लाग्यो त्यही सडक किनार वा पार्टि पौवालाई ओछ्यान बनाउने । स्वतन्त्र बनेर जीउन बानी परेकाहरु सकभर माया घर जान नपरे हुन्थ्यो भने झै गर्छन ।
तर उनीहरुको त्यो वेवारीसे पनलाई व्यवस्थीत गर्न भन्दै बिभिन्न सघं सस्था, स्थानीय सरकार आफैले पनि त्यस्ता सडक मानहरुलाई माया घरमा पुर्याउने गर्छन ।
माया घरको स्थाई आम्दानीको श्रोत छैन । यहाँ रहेको यी सबैको खाना, नाना, स्वास्थ्य र असल एवं नैतिक शिक्षा दिनै पर्छ । यी सबै कामकालागी बिभिन्न दातृ सस्थाहरुले हरेक दिन केहि न केहि कार्यक्रम यहाँ गएर गर्ने गर्छन ।
कसैले यहाँ रहेकाहरुलाई नानाको व्यवस्थापन गर्छन भने केहिले खानाको । केहिले नैतिक शिक्षा सम्बन्धीको कार्यक्रमनै बनाएर पनि ज्ञानज्ञुनका कुरा सिकाईरहेका हुन्छन ।
यही क्रममा एच डि एन पि नेपालले पनि यहाँ गएर १४३ जनालाई नै खाना खुवाउने कार्यक्रम राख्यो । यसका नेपाल संयोजक मिनल आचार्य भन्नु हुन्छ ‘हामी यस्तै दिन दुखीहरुको क्षेत्रमा काम गर्न रुचाउँछौ । कोहि पनि भोकै बस्नु हुदैन भन्न हामीले कार्यक्रमहरु गरिरहेका हुन्छौ । यही क्रममा यो पटक माया घरमा आएका छौ ।
घरबाट माया नपाएकाहरु , घरमा आफुलाई म पनि छु, म पनि कोहि हु भन्ने अनुभुत गर्न नसकेकाहरु, घर परिवारबाट तिरस्कार भएकाहरु, निकालीएकाहरुलाई माया दिननै माया घर स्थापना भएको हो । माया घरमा आउने सबैलाई माया दिइन्छ । नैतिक शिक्षा सिकाएर म पनि कोहि हु भन्ने भावनाको विकास गराइन्छ । एक अशल नागरीक बनाउन आफुहरुले हरेक दिन मिहनत गरिरहेको माया घरकी अध्यक्ष सुभद्रा प्याकुरेल बताउनु हुन्छ ।
माया घर नेपाल इटहरीमा कलिला बाल बालीका देखी, वस्यस्क उमेर भएका र बृद्धहरु सम्मले साहरा लिएर बस्न पाएका छन् । यस्ता घर बार बिहिन भएकाहरुलाई कहिले खाना त कहिले नाना दिदै सामाजीक कार्यमा अग्रस भएर सहयोगी बनी काम गरीरहेको छ एच डी एन पि नेपालले पनि ।
भिडियोमा हेरौ
https://youtu.be/GXGU5AbDs9s