रङ्गको रङ्गीन, रमाउ एकै छिन, होलीको पर्व, उत्सवको हर्ष (भिडियोमा हेरौ)

दमक/
रङ्गहरु बुरबुरी उडाइएको छ । आफ्न्त, साथी भाई अनी इष्ट मित्रहरुमा जीवन पनि थप रङ्गीन बनोस भनेर आपसमा रङ्ग दलिएको छ ।
बिभिन्न सात रङ्गहरुको सम्मीश्रण गरेर जसरी होली खेलीन्छ । रङ्गले हामीमा उत्साह थप्छ । त्यसैले त चैतयो यो पट्यार लाग्दो घाममा पनि उफ्री उफ्री नाच्ने शक्ति आउँछ । गाउने जागर जाग्छ । जस्तै गलेको भए पनि थकानको महसुस हुदैन ।

रंगले हाम्रो मानसिक स्वास्थ्यमा समेत सकारात्मक प्रभाव पार्ने विश्वास गरिन्छ । होलीमा विशेषतः रातो, हरियो, पहेँलो तथा नीलो रंग बढी प्रयोग हुन्छ ।

नीलो रंगलाई धर्मयुद्धको प्रतीक मानिन्छ । नीलो वणर्का श्रीहरिले अधर्म नाश गर्न र धर्मको रक्षा गर्न प्रत्येक युगमा अवतार लिँदै आएको धार्मिक मान्यता छ ।

लोकहितका लागि विषपान गरेको हुनाले महादेव नीलकण्ठका रूपमा समेत परिचित छन् ।

पहेलो रंग विष्णु र श्रीकृष्णको प्रिय रहेको पुराणमा वणर्ित छ ।

रातो रंगलाई शक्ति र सौभाग्यको सूचक मानिन्छ । त्यसैले देवताहरूले रातो रंगको पहिरन लगाएका हुन् ।

अधिकांशलाई मन पर्ने रंग हो, रातो । यसलाई शुद्धता एवं पवित्रताको प्रतीक मानिन्छ । हरेक धार्मिक कार्यमा यसको प्रयोग हुन्छ । स्वच्छ, सफा र चित्त शुद्धिको प्रतीकका रूपमा लिइने यो रंग होलीमा पनि विशेष प्राथमिकताका साथ प्रयोग गरिन्छ ।

रातो रंगलाई साहस र प्रेमको प्रतीकका रूपमा पनि लिइन्छ । रातो रंग मन पराउने मानिसहरू महत्वाकांक्षीका साथै जिज्ञासु एवं जोसिला हुन्छन् ।

हरियो रंगलाई प्राण, जीवनशक्ति एवं मार्मिकताको प्रतीक मानिन्छ । यसलाई जीवनशक्तिको भित्री मर्म बुझ्ने जीवित रंग पनि भनिन्छ । हरियो रंग मन पराउने मानिसहरू प्रकृतिलाई माया गर्ने खालका हुन्छन् । उनीहरू झै-झगडा मन पराउँदैनन् । यो रंग मन पराउने मानिसको आत्मविश्वास अलि कम हुने ठानिन्छ ।

पहेंलो यो रंगलाई भक्ति र धर्म परायणताका रूपमा लिइन्छ । यो रंग मन पराउने मानिसहरू धर्मकर्मप्रति बढी विश्वास गर्छन् ।

कतिपय समुदायमा रातो अबिर र पहेँलो केशरी दलेर होली खेल्ने परम्परा छ । यो रंगको सम्बन्ध खुसी र हर्षसँग पनि रहेको मानिन्छ । मनोविज्ञका अनुसार यो रंग मन पराउने मानिसहरू रमाइलो एवं आत्मीय व्यवहार गर्न मन पराउने हुन्छन् ।

नीलो रंगलाई शान्ति र सन्तुलनको प्रतीकका रूपमा लिइन्छ । त्यसैले पनि यो रंगको प्रयोग बढी हुन्छ । यो रंग मन पराउने मानिसहरू सन्तुलित विचारधाराका हुन्छन् ।
उनीहरू अलि बढी चिन्तित स्वभावका हुने मनोविद् बताउँछन् ।

होलीमा कालो रंगको पनि व्यापक प्रयोग भएको पाइन्छ । यो रंग ईष्र्या र स्वार्थसँग सम्बन्धित हुन्छ । यो रंग मन पराउने मानिसहरू आफ्नो इच्छा र भावना खुलस्त रूपमा भन्न चाहँदैनन् । तुरुन्तै रिसाउने खालका हुन्छन् ।

सेतो धेरैले मन पराउने रंग हो । यो रंगलाई शुद्धताको प्रतीक मानिन्छ । कर्ममा विश्वास राख्ने व्यक्तिहरू सेतो रंग मन पराउँछन् । चहकिलो सेतो रंगलाई सफा एवं आकर्षणको प्रतीकका रूपमा लिइन्छ ।
कला र संस्कृतिले भरिएको नेपालमा विभिन्न चाडपर्वहरु मनाउने गरिन्छ । फागु पुणर्िमाको रुपमा पनि लिने होली पर्व विशेषः त हिन्दु धर्म मान्नेहरु मनाउने गर्छन् । तर नेपालमा पछिल्लो सम प्रयाले होली पर्वलाई रमाइलो तरिकाले मनाउने गरेका छन् ।

होली हिन्दू संस्कृतिमा प्रत्येक वर्षको फागुन शुक्ल पूणर्िमा अर्थात होली पूणर्िमाको दिन मनाइन्छ । होली नेपाल, भारत तथा अन्य राष्ट्रमा रहेका हिन्दूहरूको एउटा महत्वपूणर् चाड हो । यो चाड वसन्त ऋतुमा फागुनको महिनामा मनाइन्छ ।

होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।

होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसकेपछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । ‘पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एकअर्कासित मिल्छन्’ । यस पर्वलाई फागुनको महिनामा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ ।

होली पर्व घरपरिवार साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पूणर्िमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ ।

भिडियोमा हेरौ

https://youtu.be/d2zrDC8rZN8

Share:

Facebook
Twitter
Email
WhatsApp