दममकमा ग्रामिण क्षेत्रमा विदेशी बिषेशज्ञ सहितको आँखा शिविर, सहभागी भन्छन् ‘वा ! क्या गज्जव’

दमक/
झापा दमक ३ स्थित सुर्य टोलका धर्मसिहं कार्कीको आँखा कमजोर रहेछ । उहाँलाई आँखामा चस्मा नलगाइ लेख पढ गर्न निकै असहज हुन्छ । पुस्तक, पत्रीका तथा अन्य कुनैपनि चिठीपत्र पढ्न उहाँलाई चस्माकै सहारा चाहिन्छ । उहाँले चस्मा सहितको आँखा सम्बन्धीको शिविर पर्खिरहनु भएको थियो । यहि बेला दमक ४ स्थित ताराबारी आधारभूत विद्यालयमा बृहत आँखा शिविर सम्पन्न भयो । सो शिविरमा आएर उहाँले विषेशज्ञ चिकित्सकलाई आँखा देखाउनु भयो । नयाँ चस्मा पनि पाउनु भयो । भन्नु हुन्छ ‘शिविर त यस्तो पो हुनु पर्छ ।’
यसैगरी दमक ८ का नारायण प्रसाद अधिकारी आफ्नो परिवार सहित आँखा परिक्षण गराउन यो शिविरमा आउनु भयो । दुवै जनाले आँखामा नयाँ चस्मा लगाएर फर्कनु भयो । अष्ट्रेलीयाबाट आएका विषेशज्ञ चिकित्सकलाई आँखा देखाउन पाइयो । चस्मा पनि लगाउन पाइयो । हामी त दंग छौ । अधिकारी दम्पत्तीको भनाई छ ।

यो शिविरमा अष्ट्रेलीयाबाट आएका आँखा रोग सम्बन्धीका बिज्ञहरु रहेका छन् । उनीहरुले आफ्नो दक्षता अनुसार आखाँ परिक्षण गरिदिए । विभिन्न उपकरण तथा प्रविधिको प्रयोग सहित । यहाँ आएकाहरुलाई आवश्यकताका आधारमा निशुल्क चस्मा र औषधी पनि वितरण गरिएको थियो । रोटरी क्लव अफ दमक स्थानीय आयोजक रहेको यो कार्यक्रममो संयोजन चाहि क्लवका पूर्व अध्यक्ष तथा डिस्ट्रक थ्री टु नाईन टु को एसिस्टेण्ट गभर्नर  सन्दिप चापागाई दिपुले गर्नु भएको हो । यो शिविरमा सहयोग गर्ने अष्ट्रेलीयनहरु नागरीक पनि रोटरीयन नै हुन । २० जना अष्ट्रेलीयन भोेलेण्टीयर र १९ जना स्थानीय भोलेण्टीयरद्धारा शिविर सम्पन्न भयो । यसले खासगरी नेपालका ग्रामीण क्षेत्रमा रहेका नागरीकको स्वास्थ्यको क्षेत्रमा महत्वपूणर् काम गर्न सकेको चापागाईको भनाई छ ।

यो खाले बृहत आँखा शिविर यहाँ मात्रै चाहि भएको हैन । काभ्रे, सिन्धुली र सुनसरीमा पनि यो शिविर भएका छन् । रोटरी क्लव एउटा अन्तराष्ट्रिय सस्था भएकोले यसले बिकसोन्मुख देशहरुमा पुगेर यसखाले कार्यक्रमहरु गर्दै आएको छ । अहिले नेपालमा रोटरीको आँखा शिविरको परियोजना सञ्चानल भइरहेको छ । जुन कार्यक्रमलाई नेपाल अष्ट्रेलीया आँखा परियोजना नाम दिइएको छ । यसको नेपाल संयोजक अशोक श्रेष्ठका अनुसार यो शिविरमा अन्धोपनको पहिचान गरी त्यसको निराकरण कसरी गर्न सकिन्छ भन्नेबारेमा सचेतना जगाइरहिएको छ । बालबालीका, बयस्क तथा जेष्ठ नागरीकहरुमा देखिएका अन्धोपनालाई निर्मुल गर्नु नै यो परियोजनाको मुख्य लक्ष्य रहेको श्रेष्ठले बताउनु भयो ।

यो खाले शिविरले स्थानीय सरकारलाई पनि मद्यत पुग्ने विस्वास गरीएको छ । हुन त दमक नगरपालिकाले पनि यसखाले बिभिन्न शिविरहरु गर्दै नै आएको छ । अन्य बिभिन्न सघं सस्थाले गरेका शिविरबाट आम नागरीकको स्वास्थ्य स्थस्थिती के रहेछ भन्ने कुराको समेत नगरलाई थाह हुने र बाँकी कार्यक्रमलाई कसरी अघी बढाउने भन्नेबारेमा समेत मद्यत पुग्ने बिस्वास गरीएको दमक नगरपालिकाका प्रमुख राम कुमार थापाले जानकारी दिनु भयो ।

यो शिविरमा आउनेहरुलाई , विषेशज्ञको ओपीडि सेवा, चम्समा र औषधी मात्रै नभएर थप उपचार वा शल्यकृयानै गर्नु पर्यो भने त्यसको पनि व्यस्था रहेको थियो । मंगलबार सम्पन्न भएको शिविरमा ५० जनालाई मोतीया बिन्दुको शल्यकृया गरीने भइएको छ । त्यो पनि निशुल्क नै हो । साथै शिवरमा २ सय ९५ जना पुरुष , ३ सय ४५ जना महिला र १०१ जना बालबालिकाहरुले आँखा परिक्षण गराएका थीए । यी मध्ये ५ सय २५ जनलाई आवश्कीय चस्मा समेत वितरण गरीएको थियो ।

भिडियोमा हेरौ

 

Share:

Facebook
Twitter
Email
WhatsApp