दमक/
नेकपा एमाले झापाको ११ औ जिल्ला अधिवेशनले अध्यक्षमा प्रेम गीरीलाई अध्यक्षमा सर्वसम्मत चयन गरेको छ ।
आज पार्टिका शिर्षस्त नेतृत्वसँग भएको छलफल र जील्ला स्थीत प्रतिनिधीमुलक प्रतिनीधि बिच भएको छलफलले गीरिलाई अध्यक्ष बनाउने निर्णय गरेको जनाइएको छ ।
अध्यक्षका अर्का आकाक्षी रहनु भएका शिव ढुङ्गेललाई अर्को पटक अध्यक्ष बनाउने सहमतीमा अहिले उपाध्यक्षमा चयन गरीएको छ ।
यता सचिव पदमा भने दुईजनाको उम्मेदवारी परेको छ । सचिव पदमा बोधराज घिमिरे र तुलसी कार्कीले उम्मेदवारीको मनोनयन दर्ता गराउनु भएको छ ।
यस्तै उप सचिवको महिला पनि सर्वसम्मत चयन भएको छ । महिला उप सचिवमा अनीता कन्तङवालाई चयन गरीएको हो । तर पूरुष सह सचिवमा भने तीन जनाले मनोनयन दर्ता गराउनु भएको छ । मनोनयन गराउनेहरुमा चन्द्र सुब्बा, असारु राजबंशी र टिकाराम मगराती रहनु भएको छ ।
यी पदहरुमा समेत भोली बिहान १० बजे सम्म नेतृत्वले छलफल गरी सर्वसम्मत बनाउने प्रयास जारी राख्ने श्रोतले जनाएको छ ।
अन्य सदस्य पदमा भने भुगोल अनुसार पालिका पालिका कमिटी र त्यहाँबाट सदस्य पदमा आकाक्षी भएकाहरुलाई पालिका कमिटी र त्यही क्षेत्रका अन्य शिर्ष नेतृत्वले बसेर टुङ्गो लगाउने गरीको छलफल पनि जारी रहेको श्रोतले जनाएको छ ।
यदी निर्वाचन हुने भयो भने भोली आईतबार बिहान १० बजेकालागी मतदातनको समय निर्धारण गरीएको आयोजकले जनाएको छ ।