दमकमा मद्यरातमा सुनिएको त्यो चर्को आवाज अनि अहिलेको स्थिति

दमक/
रातको झन्डै ११:३० भएको थियो । यो अधिकांश मानिसहरु आफ्ना सबै काम सकेर आराम गर्न (सुत्न) आ आफ्नो कोठा पसिसकेका हुन्छन ।

अलि छिट्टै सुतेकाहरु गहिरै निन्द्रामा पुगिसक्ने बेला हो यो । अनि अलि ढिलै सुत्नेहरुपनी झकाउने बेला । तर यो बेला भर्खर झकाएका त जागीहाले , मस्त निन्द्रामा भएका दमक बजार क्षेत्रका बादिन्दा आ आफ्नो ओछ्यानबाट जराकजुरुक उठे । किनकी त्यो बेला यति ठूलो आवाज चर्क्यो कि मानौ दमकमा कुनै ठुलै हुलदंगा भयो । प्रहरी र आतंककारी बिच दोहोरो फायरिङनै हुन थाल्यो ।

एकाएक गोली चलेजस्तो, बम पड्के जस्तो गरि आएको आवाज अन्त कहिबाट आएको थिएन । त्यो ठाउँ थियो दमकको एकमात्र स्टार होटल नेपालीरिकाबाट थियो  ।

यहाँ एक आयोजकले गतराती भब्य पार्टीको आयोजना गरेका रहेछन । पार्टिमा रमाउने क्रममा उनिहरुले खुसी साट्न पटक पड्काए । तर त्यो पटका सामान्य तरिकाको मात्र रहेनछ । त्यहाबाट निस्केको आवाज अनि आगोको मुस्लो देख्दा लाग्थ्यो यहाँ साच्चै प्रहरी वा भिडन्तमा सहभागी अर्को पक्षले प्रहार गरि रहेको छ । त्योपनी शक्तिशाली बम मार्फत ।

नेपालमा पटेकाजन्य सामाग्री ल्याउन, प्रयोग गर्न पुर्ण प्रतिबन्ध छ । तर यो अति प्रज्वलनशिल चर्को आवाज दिने पटेका कसरी भित्र्यो? त्यो पड्काउने हिम्मत ती कार्यक्रम आयोजना गर्नेहरुले कसरी गरे ? होटलले आफ्नो ठाउमा प्रवेश गर्दा कस्ता कुरा छिराउन पाउने कस्ता कुरा नपाउने भन्ने नियम लागू किन गराउन सकेन? यसबाट स्थानीय स्तरमा पैदा भएको त्रास र भयको क्षतीपुर्ती कसरी पूरा होला?
यावत प्रश्न खडा भएका छन ।

घटनाबारे प्रहरीलाई प्रश्न गर्दा साधारण जवाफ आयो । इलाका प्रहरी कार्यालय दमकमा प्रमुख मनोजकुमार लामा भन्नुहुन्छ ” दमकबाहिरबाट कोहि आउनुभएको रहेछ, होटलमा फंसन गरिएको रहेछ, पटका पड्केछ, कसरी पड्क्यो हामीले नि पत्तो पाएनौ ।”
लामाका अनुसार सुरक्षामा वेवास्था गरेको भन्दै नेपालीरिका होटल दमकका ब्यबस्थापकलाई पक्राउ गरिएको छ ।

 

Share:

Facebook
Twitter
Email
WhatsApp