एमाले झापाको ११ औ अधिवेशनः सबैको मनोनयन फिर्ता गराई सर्वसम्मत चयन गरीदै

बिर्तामोड/
नेकपा एमाले झापाको जारी एघारौ अधिवेशन अहिले बिर्तामोडमा चलीरहेको छ । नेतृत्व परिवर्तन सहितको अधिबेसन भएकोले यसलाई सबैले चासोका साथ हेरेका छन् । अझ झापा जिल्ला पार्टिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीको गृहजील्ला समेत रहेकोले देशव्यापीबाट यहाँ कसरी र कस्तो नेतृत्व आउला भन्ने चासो सर्वत्र छ ।

यही क्रममा हिजो सम्पन्न भएको मनोनयन दर्तामा अध्यक्ष, उपाध्यक्ष र महिला उप सचिवहरु सर्वसम्मत चयन भइसकेको छ ।
अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा शिव ढुङ्गले र अनी महिला उप सचिवमा अनीता कन्दंवा निर्विरोध निर्वाचीत भइसक्नु भयो ।

अन्य बाँकी रहेका पदाधीकारी र जील्ला सदस्यहरुमा भने आवश्यक भन्दा बढि आकक्षीले हिजो मनोनयन दर्ता गराएका थीए । तर अहिले ती मनोनयन दर्ता गराएकाहरु सबैलाई फिर्ता लीन लगाउने र सबै पदमा सर्वसम्मत नेतृत्व चयन गर्ने यहाँ रहेका शिर्ष नेताहरुले छलफल गरीरहेका छन् ।

छलफलमा सहभागी आयोजक मध्येका एक भन्नु हुन्छ ‘हिजो मनोनयन दर्ता गराएका सबै आकाक्षीलाई मनोनयन फिर्ता गराउने भन्नेबारेमा छलफल चलीरहेको छ । सबैसग छलफल गर्दै, सुझाव संकलन गर्दै नेतृत्व अघी बढिरहेको छ । यसले अव झापामा कुनैपनि पदमा चुनाव हुदैन । सर्वसम्मत नेतृत्व आउछ भन्नेमा हामी ढुक्क छौ ।’

गत १५ गते यो अधिबेसनको पार्टिका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपि शर्मा ओलीले उद्धघाटन गर्नु भएको थियो । उहाँले सोहि बेला पनि आन्तरीक प्रतिस्पर्धा तथा अन्तरद्धन्दबाट पार्टि चल्न नहुने भन्दै पार्टिभित्र एकताको विकास गराई सर्वसम्मत नेतृत्व चयन गर्न सुझाव दिनु भएको थियो ।

 

Share: