दमक/
यो दमकको भ्यू टावर । तर यहाँबाट हेर्ने खास चिज चाहि केहि नभएकोले यसलाई अचेल बिजेनश टावर भन्ने गरीन्छ । यो टावर बनाउन एक अर्ब ३८ करोड १८ लाख चार हजार पाँच सय ६९ लाग्ने सुरुको सम्झौता रहेकोमा परियोजना सम्पन्न हुँदा ५ दशमलव ४ प्रतिशत लागत मूल्य बढेको छ। १ अर्ब ४५ करोडमा निर्माण सम्पन्न भएको छ ।
टावरको पूरै भवनको संरचना एक सय मिटर अग्लो रहेको छ। यो अहिलेको भीमसेन धरहराभन्दा १६ मिटर अग्लो भएको बताइन्छ। १८ तलाको क्रङ्क्रिट ढलान र त्यहाँभन्दा माथिको २८ मिटर अग्लो स्टिल टावर रहेको छ। यो सबै निर्माण काम सम्पन्न भएर उद्घाटन गर्ने अवस्थामा पुगेको सहरी विकास तथा भवन निर्माण आयोजना चन्द्रगढीका इन्जिनियर भुपेन्द्र यादवले जानकारी दिनुभयो ।
नेपालकै राष्ट्रिय गौरवको परियोजनाका रूपमा दमक भ्यू टावरको निर्माण दमक बजारभन्दा ६ किलोमिटर टाढा ढुकुर पानी गाउँमा २०७६ साल असार २७ गते सुरु भएको थियो । ठेकेदार कम्पनी आशिष ओम साइराम जेभीले यही महिनाभित्र निर्माणको काम पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने बताएको छ ।भ्यू टावर निर्माण बन्ने भए पनि २१ जना स्थानीयले करिब पाँच बिघा जग्गा टावरका लागि निःशुल्क प्रदान गरेका थिए ।
अहिले फेरी यहाँ करिव ६० बिगाह जमिन नयाँ शहर बनाउने भनेर स्थानीयबासीबाट संकलन भएको छ । दुई वर्ष अघि परियोजना निर्माणका लागि स्थानीय जग्गादाताहरु मध्येबाट शान्तिराम गौतमको अध्यक्षतामा १५ सदस्यीय दमक भ्यू टावर जग्गा एकीकरण तथा व्यवस्थापन सहयोग समिति गठन भएको थियो । परियोजनाका लागि स्थानीयवासीले १२ धुरदेखि तीन बिघासम्म जग्गा दिएको र सबै ५९ बिघा जग्गालाई एकीकरण गरी आधुनिक सहरी पूर्वाधार निर्माण गर्ने तयारी थियो । तर स्थानीय सरकार दमक नगरपालिकाको वेवास्था र हेलचेक्राईका कारण यो यस क्षेत्रमा नयाँ शहर बनाउने सपनामा तुसारो पलाएको संयोजक गौतमले बताउनु भयो ।
राष्ट्रिय गौरवको आयोजनाको रुपमा रहेको यो परियोजना सञ्चालन हुने हो भने दमक सहित यो प्रदेशमै आर्थीक चलायमान हुने विस्वास गरीएको छ । भ्यू टावरको डीपीआरअनुसार मुख्य भवनमा अण्डरग्राउण्ड पार्किङसहित विभिन्न आधुनिक सभ्यता सुहाँउदो आकर्षक साजसज्जाका साथ व्यवसाय सञ्चालन गर्न सकिनेछ । यहाँ आउने सर्वसाधारणका लागि २ सय ४० वटा सवारी क्षमतासहितको पार्किङस्थल रहेको र त्यहाँ ४० वटा चार पाग्रे र बाँकी २ सयमा मोटरसाइल पार्किङ गर्न सकिने छ ।
भ्यू टावरको पहिलो तलादेखि चौथो तलासम्म विभिन्न खुद्रा पसल , पाँचौ तलामा आधुनिक अन्तर्राष्ट्रियस्तरको सेमिनार हल, छैटौंदेखि आठौँ तलासम्म बैँक वित्तीय संस्थाका कार्यालय तथा ठूला थोक व्यवसाय प्रयोजन हुने, नौ तलादेखि ११औं तलासम्म आर्ट ग्यालरी एक्जिभिसन हल रहने, १२औंदेखि १५औं तलासम्म होटल, रेस्टुराँ, एण्ड बार सञ्चालन गरिने र १६औँ र १७आँै तलालाई भ्यू टेकको रूपमा (दृश्य अवलोकन गरिने जनाइएको छ । यसबाहेक विभिन्न प्रकारका सपिङ कम्पलेक्स, रेस्टुराँ, भीआईपी कार्यालयलगायत हुनेछन् ।
दमक भ्यू टावरमात्र १० कट्ठा क्षेत्रफल बनेकोे छ भने बाँकी क्षेत्रमा बालउद्यान सर्वसाधारणका लागि घुम्न आकर्षक बगैँचासहितको पार्क निर्माण भइसकेको छ । कम्पाउण्डभित्र एउटा पानीको फोहोरा, पानीपोखरी निर्माण गरिने र पोखरीको वरिपरि आगन्तुकका लागि बस्ने प्रतिक्षालयसमेत निर्माण भएका छन् ।
यत्तीको सुविधा सम्पन्न कम्प्लेक्स के स्थानीय सरकारको गौरवको आयोजना होईन ? यसलाई स्थानीय सरकारले सञ्चालन गर्नै नसक्ने हो त ? हामीले दमक नगरपालिकाकी उप प्रमुख रेगिना भट्टराईलाई प्रश्न गरेका छौ । उहाँ भन्नु हुन्छ ‘यो टावर हामी एक्लैले चलाउन सक्दैनौ, संघीय सरकारले बनाउने कार्यविधिमा हामीलाई पनि सहभागी गरायो भने हामीले पुरा गर्नु पर्ने दायीत्व पुरा गर्ने छौ । ’
पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वको सरकारले निर्माण गरेको दमक भ्यू टावरको उचाइसँगै यो क्षेत्रको विकास र उचाइसमेत बढाएको छ । नेपाल सरकारको तर्फबाट पहिलो अग्लो टावर निर्माण भएपछि स्थानीय बासिन्दा उत्साहित भएका छन् । भ्यू टावरको १८औँ तला निर्माण भइसक्दा सञ्चालनमा आउनुअघि नै यस क्षेत्रमा विभिन्न स्थानबाट आउने पर्यटकको घुइँचो लाग्न थालेको छ ।
खासमा केपि ओली स्ंयमले यो कसरी चलाउने भन्नेबारेमा चाहि के भन्नु हुन्छ ? उज्यालो खवरलाई प्रतिकृया दिदै भन्नु हुन्छ ‘ यो टावर सञ्चालन गर्न सरकारी स्तरबाट छुट्टै सम्यन्त्र र समिती बन्ने छ । यसको कार्यबिधि तयार हुने छ । अनी धनी भएकाहरुलाई भाडामा लगाएर यो टावरबाट आम्दानी गर्न सकिने छ ।
भिडियोमा हेरौ
https://youtu.be/rAjP_4OSNP4