दमक/
उज्यालो खवरलाई प्राप्त केहि सिसि क्यामाराका फुटेज अनुसार एउटा रेष्टुरेण्टको काउण्उटर अगाडी बसेर एक जना यूवाले पेय पदार्थ पइरहेको देखिन्छ । उनको स्थिती हेर्दा उनी मदिरा पीएर लठ्ठ भइसको छन् । उनको हातमा भएको पेय पदार्थको बोतल अगाडाी पट्टिको टेवलमा लगेर राख्छने । र फेरी काउण्टरमा आएर काण्उण्टरमा बस्नेसँग केहि भनाभन गरेको जस्तो देखिन्छ । यो सिसि क्यामारामा कैद भएको दृश्य भएकोले यहाँ त्यसबेलाको आवाज कैद भएको छैन । भनाभन भएपछि यहाँ केहि घटना पो हुन सक्ला कि भनेर उनका साथीले त्यहाँबाट उनलाई निस्कन अनुरोध गरेको जस्तो दृश्य देखिन्छ ।
तर ती यूवा आफ्नो साथीको अनुरोध मान्नुको साटो फेरी त्यही लफडा गर्न आएको यो दृश्यमा प्रष्ट देखिन्छ । अनी उनको यो हर्कत अती भएपछि उनलाई यहाँ रहेका बाउन्सरले बाहीर निकालेको पनि यो भिडियोमा देख्न सकिन्छ । तर यसरी बाहिर निकालेपनि उनी यसै फर्कने मोडमा चाहि देखिदैनन । उनले र उनका अन्य साथीहरुले यहाँ पनि झगडा गरेको अनी बाहिर अन्य ग्राहकहरुले पार्किङ गरेर राखेको मोटरसाईकल तोडफोड पनि गरेको दृश्य हरु देखिन्छ । यती मात्रै नभएर उनले बाहिरबाट ढुङ्गा प्रहार गरी रेष्टुरेण्टको झ्याल फुटाएका छन् । उनले भीत्रै बियरका बोटलहरु फुटाएर घटनालाई थप आक्रमक बनाइसकेका थीए ।
यो सबै घटना भएको हो झापाको दमक ६ स्थित मुख्य बजारमा रहेको राफे रेष्टुरेण्ट एण्ट लञ्चमा । घटना हो गत शुक्रबार राती ११ः३० को ।
यसरी होटल तथा रेष्टुरेण्डमा आएर अनाधीकृत व्यक्तिहरुले होहल्ला, तोडफोड र झगडा नै गरेर बिभिन्न भौतीक क्षतीनै पुर्याएपछि यसका सञ्चालक मिलन तामाङले इलाका प्रहरी कार्यालय दमकमा उजुरी दिएपछि घटना सार्वजनिक भएको हो ।
तामाङले दिएको सो उजुरीमा जनाइए अनुसार त्यस दिन घटना गराउने व्यक्तिहरु हुन दमक ८ निवासी वर्ष ३४ का सुमन शाही, सोहि ठेगाना घर भएका वर्ष २५ का राजु राई र दमक ७ का २५ वर्षे मोहमत आरीफ । उनीहरुका बिरुद्धमा लामाले प्रहरी कार्यालयमा उजुरी दिएका हुन ।
उनले हालेको उजुरीमा भनिएको छ , उल्लेखीत व्यक्तिहरुले रेष्टुरेण्ट बन्द गर्ने बेलामा जर्वजस्ती प्रवेश गरेको । सुरक्षाकालागी बसेका सेक्यूरेटि गार्डलाई समेत अष्लिल शब्द बोल्दै गाली गलौज गर्दै रेष्टुरेष्ट छिरेका हुन । उनीहरुले आफ्नो साथमा धारीलो हतीयार समेत लुकाई छिपाई छिराएको र भित्र पसेर मोहललाई आतंकीत पारी काउण्टर तर्फ गई डकैत गर्ने प्रयास गरेका थीए । उनीहरुले रेष्टुरेष्टमा प्रवेश गरेर गरेको तोडफोड , ग्राहकहरुले पार्कीङ गरेर राखेका ८ थान मोटरसाईकलमा गरिएको तोडफोड गरी कुल ५ लाख ६० हजार बराबरको क्षती पुर्याएकोले कानुन अनुसार कार्वाही गर्न भनी प्रहरी समक्ष निवेदन दिइएको छ ।
इलाका प्रहरी कार्यालय दमकका अनुसार ती तीनै जनालाई अहिले पक्राउ गरिएको छ । र उनीहरुलाई अदालतमा पेष गरिने प्रहरी कार्यालय दमकका कार्यवाहक प्रमुख इन्सपेक्टर डम्बर विस्वकर्माले जानकारी दिनु भयो । अदालतले थप के फैसाला गर्छ त्यस पछि उनीहरुलाई सोहि बराबरको कार्वाहि हुने उहाँले जानकारी दिनु भयो ।
भिडियोमा हेरौ