दमक/
अहिले दमकमा खानेपानी तथा सरसफाई उपभोक्ता सस्थाको निर्वाचनको माहोल छ । आगामी २३ गते हुने निर्वाचनमा अहिले खास गरी तीन वटा प्यानल बनाएर उम्मेद्धवारहरु चुनौवी घरदैलोमा छन् । घर राष्ट्रिय स्वतन्त्र पार्टिले बिना सस्थागत समर्थन गरेको एउटा प्यानल रहेको छ भने एमाले, माओवादी , एकिकृत समाजवादीको अर्को र राप्रपा-काग्रेसको तेस्रो गठबन्धन छ ।
तर दमकमा रहेका सबै खानेपानीका उपभोक्ता मतदानमा किन सहभागी हुन नपाउने ? भन्दै रास्वपाले सस्थान र यसको अहिलेको निर्वाचन समितीलाई प्रश्न गर्दै ध्यानाकर्षण पत्र पनि दिएको छ ।
“तमासा“ को नयाँ श्रृंखलाको रूपमा लगभग १३५०० खानेपानीको उपभोक्ता लाई कृतिम बहाना बनाएर मताधिकार वाट बंचित गर्ने र केवल ६१९४ (लगभग ४५%) मतदातालाई मात्र फोटो खिचाएका आधारमा मताधिकार दिने ? रास्वपाले प्रश्न राखेको छ ।
पार्टिका दमक नगर कमिटी अध्यक्ष विवेक पाठकद्धारा हस्ताक्षरीत ध्यानाकर्षण पत्रमा भनीएको छ । ‘राज्य द्वारा दिईएको परिचयपत्त्र लाई आमान्य घोषित गर्ने, आफै र आफना कार्यकर्ता द्वारा भोट हाल्ने र आफै विजय घोषित गरेर विजयको रंग दल्दै माला लगाएर हिँड्ने जस्तो निर्लज्ज व्यवहार अरु कुनै नहुने भएकोले लोकतन्त्र र बालिग मताधिकारको सुगा रटाई नरट्न, संकिणर् मानसिकता त्यागेर खानेपानी समितिमा सदस्य भएका आम उपभोक्ता आमावुवा दाजुभाई तथा दिदी बहिनी सबैलाई स-सम्मान मताधिकार दिन जोडदार माग गर्दछ ।’
ध्यानाकर्षण पत्र बुझ्दै निर्वाचन समितीका संयोजक यज्ञ निरौलाले खाने पानी सस्थाको वर्तमान समितीलेनै पास गरी तयार पारेको बिधानको आफुहरुले कार्यान्वायन गरेकोले आएको पत्रका बारेमा समितीलाई जानकारी गराउने बताउनु भयो ।