एमाले झापाः टुङ्गीयो सचिव पदको विवाद, सचिवमा कार्की, घिमिरेलाई अन्य जिम्मेवारी

दमक/
गत १५ गते उद्धघाटन भएको नेकपा एमाले झापाको ११ औ अधिबेसनले सबै नेतृत्व सर्वसम्मत निर्माण गरेको छ ।
पार्टिका अध्यक्ष केपि शर्मा ओलीको गृह जील्ला रहेकोले यहाँ कुनैपनि पदमा निर्वाचन हुन नदिई सर्वसम्मत नेतृत्व चयन गर्ने ओलीको सपना साकार भएको छ ।

 

यो सपनाको साकार चाहि आज मात्रै भएको हो । ५ दिन देखी लम्बीएको सचिव पद कस्ले लीने भन्ने विवादले अधिबेसन अहिले सम्म लम्बीरहेको थियो ।

 

आज साँझ  सचिवमा आकाक्षीहरु बोधप्रसाद घिमिरे र तुलसी कार्की दुवैलाई मनोनयन फिर्ता लिन लगाएर अध्यक्ष मण्डलले सचिवमा कार्कीलाई बनाउने निणर्य गरेको एमालेका स्थाई कमिटी सदस्य अग्नी खरेलले जानकारी दिनु भयो ।

 

भर्खरै अध्यक्ष मण्डलले तुलसी कार्कीजीलाई सचिव बनाउने निणर्य गरेको छ र बोधप्रसाद जीलाई अन्य महत्वपूणर् जिम्मेवारी दिने निणर्य गरेको छ । ’ खरेलले निणर्यबारे उज्यालो खवरलाई जानकारी दिनु भयो ।

यो सहित सबै पदाधिकारी र क्लष्टर, भुगोलका सदस्यहरु पनि सर्व सम्मत चयन भएका छन् ।

पदाधिकारीहरुमा अध्यक्षमा प्रेम गिरी, उपाध्यक्षमा शिव ढुङ्गेल, सचिवमा तुलसी कार्की, उप सचिवमा असारु राजबंशी र अनीता कन्दंवा चयन भइसक्नु भएको छ ।

 

Share: