दमकमा ६ सय मिटरको बाटो सक्न १२ वर्ष सम्म पर्खनुपर्यो (भिडियो रिपोर्ट)

12 barse bato

दमक/
दमक ८ का स्थानीय बासीन्दा यामनाथ पोखरेल भन्नु हुन्छ ‘यो सडक बनाउन थालेको १२ वर्ष भयो । पहिला यसको ड्रेन बनाउने काम भएको थियो । ‘त्यहि बेला देखी बन्न थालेको शुभ शान्त्ती मार्गको बाटो बनाई सक्न हामीलाई ठ्याक्कै १२ वर्ष लाग्यो ।’

स्थानीयबासीन्दाहरु सडक बन्ने कुरामा आशातीत भएका थीए । तर डे्रन निर्माण भएको ४ वर्ष पछि बल्ल यहाँ कालोपत्रे हुने भनेर ठेक्का त लाग्यो । तर सडक भने तोकीएको अवधिमा बन्दै बनेन ।
अर्का स्थानीयबासी तथा शुभ शान्त्ती टोल विकास सस्थाका अध्यक्ष समेत रहनु भएका पारसमणी नेपाल भन्नु हुन्छ ‘यो बाटो बन्न ठेक्का लाग्यो । तर ठेकेदारको हदैपनको हेलचेक्राईले यो अलपत्र परेको थियो ।
यसलाई सम्पन्न गराउन, ठेकेदारलाई काम गराई माग्न सरकारी सबै तह सम्म जादा पनि समयमा काम गराउन नसक्दाको त्यो दुख सम्झदै भन्नु हुन्छ ‘हामी त थाकेर लखतराननै भएका थीयौ नी ।

२०७६ सालमा ठेक्का लागेर त्यसको २ वर्षमा सकि सक्नु पर्ने काम थियो । तर ठेकेदारले काम लिएपछि वेपत्ता भइदिने । अन्त पनि धेरै काम लिएर यस्ता कामहरु अलपत्र पारीदिने ठेकेदारको खराव प्रबृद्धिले गर्दा विकास आयोजनाहरु समयमा सकिन सकिरहेका छैनन ।

दमक नगरपालिका प्रवक्ता समेत रहनु भएका वडा नं ८ का वडाध्यक्ष दिपेश दाहाल भन्नु हुन्छ ‘हामी आउनु भन्दा अघीनै यो कामको ठेक्का लागेको थियो । तर त्यसबेला ठेकेदारको वेवास्था र हेलचेक्राईले काम हुन सकेको रहेनछ । हामीले यो कुरा थाह पाएपछि सबै तहबाट समन्वय गर्दैै ठेकेदारलाई काम अनिवार्य काम गर्न लगाएर अहिले काम सम्पन्न गराउन सकेका छौ ।’

यो काम सहकारी विकास तथा भवन निर्माण कार्यालयले ठेक्का लगाएको हो । अर्थात यसको बजेट कोशी प्रदेश सरकार मार्फत आएको हो । तर प्रदेश स्तरको योजना ठेकेदारका कारण संकटग्रस्त योजनामा दर्जपनि भइसकेको थियो । ।ठेकेदारहरुको आन्तरीक विवादका कारण सरकारले लगाएको ठेक्काको काम अलपत्र पार्ने प्रवृद्धि देखिएको यसै क्षेत्रका प्रदेश सांसद होम बहादुर थापाले बताउनु भयो । सांसद थापा भन्नु हुन्छ ‘ठेकेदार ठेकेदारबिचको द्धन्दका कारणनै बाटो अलपत्र पारीएको रहेछ तर हामीले ती विवादलाई समेत मिलाईदिएर काम सम्पन्न गरायौ । ’

यो आयोजना अन्तर्गत विभिन्न ७ वटा बाटाहरु पर्दछन् । सहकारी विकास तथाभवन निर्माण कार्यालयले कञ्चनजंगा निर्माण सेवा इलामसँग प्याकेजमा ठेक्का सम्झौता गर्यो ।

 

२०७६ साल असार ६ गते सम्झौता गरीएको यो आयोजनाको ठेक्का कुल ३ करोड ४७ लाख ४२ हजार ५ सय ४३ रुपैँयामा सम्झौता गरीएको थियो । यो काम २०७८ साल असार ५ गते सम्ममा सक्नु पर्ने थियो । तर समयमा नसिकिएपछि यसको म्याद थप गराएर अहिले २०८१ साल असार मसान्त सम्ममा सक्ने गरी पूःन काम गराइएको छ ।

 

सहरी विकास तथा भवन कार्यालय इलामका इन्जिनीयर सुरज वस्ती भन्नु हुन्छ ‘ सबैसगको समन्यमा अहिले यो काम सम्पन्न हुदै छ । ’

भिडियोमा हेरौ

https://youtu.be/AWo0VeEqOZw

उज्यालोखबरमा प्रकाशित तथा प्रशारित सामग्रीबारे कुनै प्रतिक्रिया, सुझाव या सल्लाह भए ujyaalokhabar112@gmail.com मा पठाउनु होला ।

Share:

ताजा समाचारहरु

पाँचथरमा निर्माणाधिन बेलिब्रिज भाँचियाे, एकजनाकाे मृत्यु, तीन जना गम्भीर घाईते

पाँचथर, ३१ जेठ | पाँचथरको हेवाँ खोलामा निर्माणाधीन बेलिब्रिज भाँचिँदा एक जनाको मृत्यु भएको छ । घटनामा परि अन्य तीन जना गम्भीर घाइते भएका छन्।

दीपिनी मार्गमा प्राइमर हाल्न सुरु (फलोअप समाचार)

दमक, ३१ जेठ / दमक ५ स्थित दीपिनी मार्ग भत्काएर अस्तव्यस्त बनेको २ महिनापछि शनिबार दिउँसोबाट सडक कालोपत्रेको प्रक्रिया अघि बढाइएको छ ।   घर

रतुवा र मावाबाट नदीजन्य सामग्री उत्खनन रोकियो, अवज्ञा गरे कारबाहीको चेतावनी

दमक, जेठ ३१ — दमक नगरपालिकाले पूर्व र पश्चिम तर्फ बहने कमस खोला र मावा खोलाबाट नदीजन्य सामग्री (बालुवा, गिट्टी, ढुंगा आदि) को उत्खनन, संकलन